काश्मिरमा आंशिकरूपमा टेलिफोन सेवा सुरू

 

 

श्रीनगर (भारत) साउन १
भारत प्रशासित काश्मिरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरु गरिएको छ । काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाईन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मूका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ । प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाईन आइतवार अपरान्ह्बाट पूर्णतया सञ्चालनमा ल्याउने बताएको छ ।

 

अगस्ट ५ मा जम्मू–काश्मिरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छे्द ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएकोे थियो । जम्मु काश्मिरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, ‘बिहानैदेखि उपत्यकाका प्रहरी स्टेसन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केहीदिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन् ।’ सिंहका अनुसार आइतवार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् । (रासस/एएफपी)

 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com