कर्णाली प्रदेशमा परिसंघको छलफल

काठमाडौं, भदौ ९
नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारीस्वरुप नेपाल उद्योग परिसंघले कर्णाली प्रदेशको सुर्खेतमा छलफल एवं अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिसंघले आयोजना गर्न लागेको तेस्रो पूर्वाधार सम्मेलन एक महत्वपूर्ण कार्यक्रम रहेको र यस्तो कार्यक्रममा प्रदेशका केही गेम चेन्जर परियोजनाहरु प्रस्तुत गर्ने बताए । कर्णाली प्रदेशले सम्भावित करिब एक दर्जन परियोजनाहरुलाई सम्मेलनमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत जनाएको छ । त्यस्तै कर्णाली प्रदेशले समेत निकट भविष्यमा लगानी सम्मेलन आयोजना गर्ने र सो सम्मेलनमा परिसंघको सहयोग महत्वपूर्ण हुने पनि मुख्यमन्त्री शाहीले उल्लेख गरे ।

यस पटकको पूर्वाधार सम्मेलनमा परिसंघले नेपालका सातवटै प्रदेशमा पूर्वसम्मेलन छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी त्यहाँको आवश्यकता पहिचान गर्ने कार्यक्रम गरिरहेको छ । त्यसरी गरिएको छलफल तथा अन्तरक्रियाबाट प्राप्त निचोडलाई पूर्वाधार सम्मेलनमा प्रस्तुत गर्नेगरी कार्यक्रम तय भएको परिसंघले जनाएको छ । परिसंघले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्य सचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकरप्रसाद शर्माले कर्णाली प्रदेशको सम्भावना तथा आवश्यकताका विषयमा चर्चा गरेका थिए । परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले तेस्रो पूर्वाधार सम्मेलनको तयारीका सन्दर्भमा जानकारी गराएका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com