गोल्यानको शतप्रतिशत प्रांगारिक कृषि उपज ‘माटो’

काठमाडौं, भदौ १२
गोल्यान एग्रो प्रालिले माटो ब्रान्डमार्फत प्रांगारिक कृषि उपजको उत्पादन तथा वितरण गर्ने काम सुरु गरेको छ । यस कम्पनीले ‘माटो’ ब्रान्डका नामले देश विदेशमा विषादीमुक्त कृषिजन्य उत्पादनहरुको विक्रि वितरण गर्ने अभियान सुरु गरेको छ । यसमार्फत देशको कृषि उत्पादनमा उल्लेख्य वृद्धि आई व्यापारघाटा कमी गराउनुको साथै कृषकहरुको स्तरोन्नति र रोजगारीको वातावरण सिर्जना हुने कम्पनीले दाबी गरेको छ ।

कम्पनीले पहिलो चरणमा २०० बिघामा व्यावसायिक फार्मको स्थापना गरेको छ जसले देशको उत्पादन वृद्धि गर्ने अभियानमा सफल उदाहरण प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै कम्पनीले देशभरिबाट नै कृषिजन्नय उत्पादनहरुको संकलन गरी बिक्री वितरण कार्य शुभारम्भ गरिसकेको छ । यसमार्फत कृषक र उपभोक्ता दुवैलाई अधिकतम लाभ भई दिगो कृषि व्यवसायको विकास हुनेछ । कम्पनीले उत्पादन, संकलन र बजारीकरण गर्ने सम्पूर्ण कृषि उपजहरु रासायनिक विषादीमुक्त हुने बताइएको छ । स्वस्थ नागरिक र स्वस्थ देशको परिकल्पना लिएर कम्पनीले शून्य विषादी भएको प्राङगारिक उत्पादन लिएर आएको बताएको छ ।

प्राङगारिक तरीकाले उत्पादन गरीएको तरकारी तथा फलफुलमा ४०–५० प्रतिशत बढि एन्टिअक्सिडेन्ट (रोग प्रतिरोधक गुण) हुन्छ । अहिले माटो ब्रान्डमार्फत अधिकतम मौसमि तरकारीहरुको बिक्रीवितरण भइरहेको छ । साथै आगामी दिनमा फलफूल, चिया, कफी, मसला, बासनादार चामल, महलगायतमा सम्पूर्ण कृषि उपजहरुको बिक्रीवितरण गर्ने कम्पनीले जनाएको छ । हाल काठमान्डौका भाटभटेपन, बिगमार्ट लगायतका स्टोरहरुमा माटो ब्रान्डका कृषि उपजहरु उपलब्ध छन । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com