आर्जन सहकारीको १०औं वार्षिक साधारणसभा

काठमाडौं, भदौ १५
आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाले प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई पारित गरेको छ । शनिबार ललितपुरको याक प्यालेसमा भएको सभाले आर्थिक वर्ष ०७५/०७६ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिमा पास गरेको हो । चुक्तापुँजी एक करोड ३८ लाख ८० हजार आठ सय रहेको संस्थाले आव ०७५/०७६ मा ६६ लाख १३ हजार दुई सय पाँच रुपैयाँ खुदनाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७४/०७५ मा यस्तो नाफा २९ लाख २२ हजार ८१ रुपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा १२६.३२ प्रतिशतले वृद्धि हो ।

कार्यक्रमको प्रमुख अतिथि ललितपुर महानगरपालिको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले सहरकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई आग्रह गर्दै गत साउन १९ गतेबाट महानगरपालिकाले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गरे । उनले आर्जन को–ओपरेटिभले गरेको सफलतालाई धन्यवाद दिँदै आगामी दिनमा सञ्चालक, सेयर सदयस र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ट सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७६ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सहकारी हकहित समाजका अध्यक्ष अर्जुन खतिवडा, संस्थाका उपाध्यक्ष समिर महर्जन, लेखा समितिका संयोजक नवराज भुसाललगायतले बोलेका थिए । संस्थाले आफ्ना सेयर सदस्यमध्येका ०७६ सालको एसईईमा सर्वाेकृष्ट नतिजा ल्याउने पाँच जनालाई नगदसहित मायाको चिनो दिई सम्मान गरेको थियो । संस्थामा उत्कृष्ठ कारोबार गर्ने दुई जना सेयरधनीहरुलाई प्रमाणसहित सम्मान गरिएको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com