नाडा अटो शोमा ८५ हजार व्यक्तिको नजर


काठमाण्डौँ,भदौ १६
नाडा अटो शो २०१९ आइतबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ । यही १० गतेबाट सुरु भएको अटो शोमा करिब ८५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको नाडाले जानकारी दिएको छ । मेला विगतभन्दा ठूलो स्थानमा, निकै व्यवस्थित, उत्कृष्ट स्टल र लेटेष्ट सवारीसाधनका कारण निकै भव्य भएको छ । मेलाको मुख्य आकर्षण केही नयाँ ब्रान्डका सवारीसाधन र केही ब्रान्डले ल्याएका हाइब्रिड र इलेक्ट्रिक कारमा निकै ठूलो भीड लागेको थियो । अटो शो विगतजस्तै यस वर्ष पनि भव्य भएको अवलोकनकर्ताको टिप्पणी रहेको छ । मेला हरेक वर्ष चाडपर्वको नजिकमा आयोजना हुँदै आएको छ । यसपटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मिहिनेत गरेको स्टलबाट नै अनुमान गर्न सकिन्थ्यो । यस पटकको मेलामा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल टोयोटाको लागि नेपालको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले जितेको छ भने उत्कृष्ट दुईपाङ्ग्रे सवारीसाधनतर्फको स्टल केटीएमका लागि नेपालको आधिकारिक बिक्रेता हंसराज एण्ड हुलासचन्द एण्ड कम्पनी प्रालिले जितेको छ । त्यसैगरी बेष्ट सपोर्टिङ स्टलबाट टोटल लुब्रिकेन्टका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ल्युब आयल प्रालिले जितेको छ ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका महासचिव सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोबल एक्स्पोजिसन एण्ड मेनेजमेण्ट सर्भिस प्रालिका प्रबन्धनिर्देशक सन्तोष क्षेत्री समेत सदस्य रहने गरी एउटा छनोट समिति गठन गरेको थियो ।अटो शोको टाइटल स्पोन्सर सर्वो लुब्रिकेन्टले गरेको थियो । उक्त सर्वो लुब्रिकेन्टले छपटक टाइटल स्पोन्सर गरिसकेको छ । यस वर्षको थप आकर्षणमा ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडाले जीपीएक्स जेन्टलमेन २०० सीसी क्षमताको मोटरसाइकल टिकटको लक्की ड्र गरी भाग्यशाली एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरेको थियो । नाडाका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ०१२३३१ रहेको छ ।

उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष शम्भुप्रसाद दाहाल, निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्षद्वय धु्रवबहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरी, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानियाले सो अटो शोमा सहभागी ९५ कम्पनीहरुलाई क्रमशः मोमेन्टो समेत वितरण गरेका थिए । सो समापन कार्यक्रममा नाडाका अध्यक्ष दाहालले अटो शोलाई सफल बनाउन सहयोग पु¥याउने सबै सरोकारवाला कम्पनी र संस्था सबैलाई धन्यवाद दिए । नाडाले नाडा अटो शो २०१९ सम्पन्न गर्न अध्यक्ष दाहालकै अध्यक्षतामा १३ सदस्यीय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय व्यवस्थापन समिति समेत गठन गरेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com