एटीएम सिस्टमनै कब्जा गरी करोडौं रुपैयाँ चोरी !

कति पैसा चोरी भयो राष्ट्र बैंकलाई नै थाहा छैन !

काठमाडौं, भदौ १६
बैंकहरुको एटीएमको सिस्टम नै कब्जा गरेर ह्याकले दर्जनौ चोरहरु परिचालन गरेर नेपालका बैंककहरुको नेपाल र भारतमा रहेका विभिन्न एटीएमबाट करोडौं रुपैयाँ चोरी गरेका छन् । यद्यपि कति रकम चोरी भयो भन्ने वास्तविक तथ्यांक नेपाल राष्ट्र बैंकले पनि निकाल्न सकेको छैन ।
कति पैसा चोरी भयो भन्ने बारेमा पत्ता लगाउन राष्ट्र बैंकले भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । अध्ययन समितिका अन्य सदस्यहरुमा सुपरीवेक्षण विभाग, सूचना प्रविधि विभाग, नेपाल बैंकर्स संघ र नेप्सका प्रतिनिधि रहेका छन् । एटिएमबाट रकम चोरी भए पनि व्यक्तिको खाताबाट भने उक्त रकम चोरी भएको छैन ।
जति पैसा चोरी भएको छ त्यो सबै सम्बन्धित बैंकको पैसा हो । एटीएम ह्याकरले सिस्टमलाई नै आफ्नो नियन्त्रणमा लिएर चोरी गरेको कारण राष्ट्र बैंक र नेपाल प्रहरी पनि त्रसित भएको छन् । नेपाल प्रहरीले एटीएमको सिस्टम ह्याक गर्ने ह्याकरलाई पक्राउ गर्न नसकेको कारण एटीएमको सिस्टममाथि कुनै पनि बेला ह्याकर आक्रमण हुने सम्भावना प्रवल छ ।
ह्याकरहरुले करिब पाँच घण्टाको अवधिमा नेपाल र भारतमा रहेका नेपालका बैंकको एटीएमबाट शनिबार साढे तीन करोड रुपैयाँ भन्दा बढी निकालेको स्रोतले जानकारी दिएको छ । यद्यपि आइतबार प्रहरीले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बराबद पैसाको बारेमा मात्र जानकारी दिइएको थियो । एटीएमबाट पैसा चोरी भएको नबिल बैंकका कर्मचारीले पत्ता लगाएर प्रहरीलाई खबर गरेका थिए । एटीएमबाट पैसा चोर्ने चिनियाँ समूहले हात्तिसार नजिककै एउटा होटलका कोठाहरु बुक गरेर बसेका थिए । उनीहरु शुक्रबार नेपाल आएर शनिबार बैंकका एटीएममा चोरी गरेका हुन् । शनिबार चोरी गर्दा बैंकहरुले थाहा नपाउने योजनाकासाथ उनीहरुले शनिबारलाई रोजेका थिए । यसले उनीहरु ठूलै ह्याकर रहेको आशंका प्रहरीले गरेको छ ।
प्रहरी अधिकारीहरुले ह्याकहरुले शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुथबाट एक करोड ७६ लाख रुपैयाँ चोरी गरेको दाबी गरे पनि आइतबार साँझसम्मको तथ्यांक अनुसार साढे तीन करोड रुपैयाँ भन्दा बढी चोरिएको छ । उक्त तथ्यांक पनि अन्तिम नभएको सुरक्षा स्रोतको दाबी छ । शनिबार दरबारमार्ग र ठमेल क्षेत्रका एटीएम बुधमा मात्र सात सय पटक भन्दा बढी एटीएम कार्ड घोटिएको छ । भारतका विभिन्न ठाउँमा भने एक हजार पटक भन्दा बढी एटीएमकार्ड घोटिएको छ । भारतबाट एक करोड पाँच लाख पैसा निकालिएको पत्ता लागिसकेको छ । त्यसरी कार्ड प्रयोग गर्न ह्याकरहरुले एक सय भन्दा बढी चोर परिचालन गरेको आशंका गरिएको छ । ती चोरहरुबीच आपसी चिनजान समेत नभएकाले ठूलै योजनाकासाथ रकम चोरिएको देखिन्छ । नेपाली बैंकहरुको कमजोर सुरक्षा व्यवस्थाको कारण वर्षेनी चोरहरुले एटीएम बुथबाट रकम निकाल्ने गरेका छन् । सस्तो र कमजोर खालको एटीएम बैंकहरुले प्रयोगमा ल्याएको कारण चोरहरुले पकड जमाउन सकेका हुन् । प्रहरीका अनुसार ह्याकरहरुले प्रभु, जनता, एनआईसी एसिया, ग्लोबल आईएमई, सनराईज बैंकको एटीएम कार्ड प्रयोग गरेर नबिल, नेपाल एसबिआई र इन्भेष्टमेन्ट बैंकको एटिएम बुथबाट पैसा चोरी गरेका हुन् ।

यसैबीच, नक्कली भिसा कार्डको प्रयोग गरी करोडौ रुपैयाँ निकाल्ने पाँच जना चिनियाँ नागरिक पक्राउ परेकाछन । महानगरीय प्रहरी परिसर टेकुुले अनाधिकृतरुपमा रकम निकाल्ने कार्यमा संलग्न चिनियाँ नागरिकहरुलाई शनिवार राती काठमाडौंको दरबारमार्गत र हात्तिसार क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चिनियाँ नागरिकहरुलाई परिसरले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । परिसरका अनुुसार काठमाडौमा बिदेशी मुुलका व्यक्तिहरुले शङकास्पद गतिविधि गरिरहेको विशेष सुचनाको आधारमा काठमाडौ परिसरवाट प्रहरी नायव उपरिक्षक होविन्द्र बोगटीको विशेष टोलीले दरवारमार्ग स्थित नविल वैकको एटिएम बुुथबाट पैसा निकाली रहेको अवस्थामा पासर्पोट नम्वर ईसी १९३७५५८ बहाक चिनियाँ नागरिक झुलिङगाङलाई सोधपुुछ गर्ने क्रममा उनको साथबाट २० थान नक्कली भिसा कार्ड फेला पर्यो । उक्त घटनाका बारेमा परिसरका प्रवक्ता समेत रहेको प्रहरी नायव उपरिक्षक बोगटीले भने, झुुलिङलाई पक्राउ गरेपश्चात हाम्रो टोली तिनै चिनियाँ नागरिकले दिएको जानकारी अनुसार काठमाडौको हात्तिसारमा रहेको मायाँ मनोहर बुुटिक होटलमा पुुग्यौ । सो पश्तात हाम्रो टोलीले उक्त होटलको ति चिनियाँ नागरिकहरु बसेको कोठा नम्वर २०१, ६०२ र ६०४ मा खानतलाँसी गर्न थाल्यौ, हाम्रो टोलीले देख्नसाथ चिनियाँ नागरिकहरु होटलको लिफ्ट प्रयोग गरी सामान सहित भाग्ने क्रममामा हाम्रो टोलीले उनीहरुलाई पक्राउ गर्यो, प्रवक्ता बोगटीले भने ।

प्रवक्ता बोगटीका अनुसार पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा लिनजिङ मेङ, लुुजिया ली, झुुलिगाङ, क्वीई युुनईङ र चेनबिन बिन रहेकाछन । उनीहरुको साथबाट नेपाली मुुद्रा एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, अमेरिकन डलर नौ हजार एक सय आठ, चाईनिज मुद्रा ११ सय ९१, युरो दुई सय ५० क्याम्वोडियन पाँच हजार र हंङकंङ डलर ८० बरामद भएको छ । यि बाहेक उनीहरुको साथबाट एक सय ३२ थान नक्कली भिसा काडषर््, १७ थान सक्कली भिसा कार्ड, कार्ड प्रिन्टर मेसिन एक थान, मोवाईल छ थान, ल्यापटप एक थान, सामसुुङ एक थान र डाटा कार्ड एक थान बरामद भएको छ । पक्राउ परेका पाँच जनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता बोगटीले बताएकाछन ।

अनुुसन्धान अनुसार ति चिनियाँ नागरिकहरु यही भदौ १३ गते शुुक्रबार चिनबाट नेपालको अन्तराष्ट्रिय बिमानस्थल प्रवेश गरेको र शनिवार एकदिन नेपाल बसेर एटिएम ह्याक गरी आईतबार नै आफ्नो देश चिन फर्किने योजना अनुसार नेपाल आएको देखिएको छ । तर प्रहरीको सक्रियताले उनीहरुको ठुुलो योजना बिफल भयो, बैकहरुको करोडौ रुपैयाँ लुटिने संभावित दुुर्घटना टर्यो प्रवक्ता बोगटीले भने । यो घटनाबाट बैंक तथा फाईनान्स कम्पनी, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, प्रहरी एवं आम सर्वसाधारणले पाठ सिकेर अगाडि बढ्नुु पर्छ, प्रवक्ता बोगटीले भने । यद्धपी नक्कली भिसा मार्फत बैंकहरुको एटिएम मेसिनबाट हराएको भनिएको एक करोड ६८ लाख रुपैयाँ मध्ये एक करोड २६ लाख रुपैयाँ पक्राउ परेका चिनियाँ नागरिकहरुबाट नै बरामद भएकोले सर्वसाधारणको निक्षेप सुरक्षा कुुनै समस्या नरहेको र सबैको निक्षेप पुुर्ववतरुपमा रहेको प्रवक्ता बोगटीले बताए ।

संभावित दुुर्घटनाबाट बच्यौ :  ढुुंगाना

नक्कली भिसा कार्ड प्रकरणमा पाँच जना चिनियाँ नागरिक पक्राउ परेपश्चात नेपाल बैंकर एशोसिएसनका अध्यक्ष समेत रहेको नेपाल बंगलादेश बैंकका प्रमुुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुुंगानाले भने संभावित दुुर्घटनाबाट बचेको प्रतिक्रिया दिए । यस्तो घट्ना नेपालमा मात्र होईन बिश्वका सबैजसो देशहरुमा हुन्छन तर यस्ता घटनाबाट पाठ सिकेर अगाडि बढ्नुु पर्छ, ढुुंगानाले भने ।

नेपाल बैंकर एसोसियसन समेतको बिशेष सहयोगमा प्रहरीको उच्च सक्रियताले संभावित दुुर्घटना टर्यो, प्रकरणमा संलग्न व्यक्तिहरु पक्राउ परे । तर अबको सबै सबैको सहकार्यमा यस्ता कार्यलाई नियन्त्रण गर्नुुपर्छ उनले भने । यद्धापी ह्याकरहरु जहिले पनि हामी भन्दा दुुई स्टेप अगाडि छन, यो चुुनौतीलाई सामाना गर्न हामीले सफ्टवेयर सुरक्षामा लगानी बढाउनुु पर्छ, उनले भने ।

नक्कली भिसा कार्ड मार्फत रकम निकाल्ने चिनियाँ नाागरिक नागरिकहरु पक्राउ परिसकेको, पक्राउ परेकाहरुको साथबाट हराएको रकम मध्ये धेरैजसो रकम बरामद भईसकेको छ । यो अवस्थामा आम सर्वसाधारणहरुले आफ्नो खाताबाट रकम हराएको भन्ने बिषयमा चिन्ता लिनुु पर्देन, सबैको निक्षेप सुरक्षित ढुुंगानाले भने । ह्याकहरुले निकालेको रकम बैंकको एटिएम मेसिनमा रहेको रकम भएको हुुंदा सर्वसाधारणको खातासम्म उनीहहरुको पहुंच पुुगेको छैन, सवैको निक्षेप पहिलेको अवस्था छ, उनले भने । अहिले केही बैंकहरुको प्रयोगमा ल्याएको नेप्स नामक बैंकिङ सफ्ट वेयरमा पहुंच पुर्याई रकम ह्याक गरिएको छ, उक्त रकमको बारेमा अनुुसन्धान भईरहेका कारण अहिले नै कुन बैंकको कति रकम ह्याक भयो भन्न सकिने अवस्था छैन, ढुुंगानाले भने ।

सर्वसाधारण सबैको निक्षेप सुरक्षित : मिश्र

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्रले चिनियाँ नागरिकहरुले रकम ह्याक गरेपछि सर्वसारणको निक्षेप रकमको सुरक्षामा कुुनै समस्या नभएको बताएकाछन ।

उक्त घटनाको बारेमा जानकारी दिदै मिश्रले भने बैंकहरुको एटिएम मेसिनमा राखेको पैसामा ह्याकरले आक्रमण गरे, तर यसबाट सर्वसाधारण निक्षेपमा खासै असर परेको छैन, मिश्रले भने ।यो घटनाबाट बैंकहरुको निक्षेपको सुरक्षामा चुुनौती थपिएको भन्दै यो चुुनौतीलाई सामान गर्नको लागि पनि बैंकहरुले बिश्वस्तरीय बैंकिङ सफ्टवेयरहरुको प्रयोग गनुुर्पछ, उनले भने । सर्वसाधारणको निक्षेप सुरक्षामा बैंक तथा फाईनान्स कम्पनीहरु, नेपाल राष्ट्र बैंक एवं सम्वन्धीत निकायहरु सबै नै सक्रिय रहेको भन्दै यस्ता घटनाहरु भयो भनेर बैंकहरुको बिश्वसनियतामा प्रश्न नर्गन पनि कार्यकारी निर्देशक मिश्रले सुझाए । अहिले पनि एटिएम मेसिनबाट हराएको कुुल रकम मध्ये धेरैजसो रकम बरामद भएको बाँकी पनि छिट्टै प्राप्त हुुने र यसले सर्वसाधारणको निक्षेपमा कुुनै असर नर्पाने उनले बताए । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com