एक वर्षमा १४ खर्ब १८ अर्ब रुपैया“को सामान आयात

व्यापारघाटा १३ खर्ब २१ अर्ब नाघ्यो


काठमाण्डौँ,भदौ १७

 नेपालले एक आर्थिक वर्षमा १४ खर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मुुलुकको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुुसार आर्थिक वर्ष २०७५÷०७६ मा नेपालको कुल वस्तु आयात १३ दशमलव नौ प्रतिशतले बढेर १४ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको देखिएको हो । अघिल्लो वर्ष यस्तो आयात २५ दशमलव आठ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुुसार २०७५÷०७६ मा कुल वस्तु निर्यात १९ दशमलव चार प्रतिशतले बढेर ९७ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ११ दशमलव चार प्रतिशतले बढेको थियो । आयात र निर्यातबीचको उच्च असन्तुुलनकै कारण गत आवमा कुल वस्तु व्यापारघाटा १३ दशमलव पाँच प्रतिशतले बढेर १३ खर्ब २१ अर्ब ४३ करोड रुपैयाँ पुुगेको राष्ट्र बैंकले जानकारी दिएको छ । यस अवधिमा व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ३८ दशमलव एक प्रतिशत रहेको छ । राष्ट्र बैकका अनुसार समीक्षा वर्षमा निर्यात र आयात अनुपात छ दशमलव आठ प्रतिशत छ । अघिल्लो वर्ष सो अनुपात छ दशमलव पाँच प्रतिशत रहेको थियो । 

नेपालको कुल वैदेशिक व्यापारमध्ये गन्तव्यका आधारमा भारततर्फ ३४ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ शून्य दशमलव तीन प्रतिशतले निर्यात बढेको छ । चीनतर्फको निर्यातमा १३ दशमलव पाँच प्रतिशतले कमी आएको राष्ट्र बैंकले जानकारी दिएको छ । वस्तुगत आधारमा पाम आयल, पोलिष्टर यार्न, जुटका सामान, दाल, चाउचाउलगायतका वस्तुको निर्यात बढे पनि अलैंची, तयारी पोसाक, पश्मिना, जुत्ता तथा चप्पल, छालालगायतका वस्तुहरुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात १२ दशमलव आठ प्रतिशत, चीनबाट भएको आयात २८ दशमलव पाँच प्रतिशत र अन्य मुलुकबाट भएको आयात आठ दशमलव नौ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, तयारी पोसाक, विद्युतीय सामान, अन्य मेसिनरी पार्टपुर्जा, एमएस बिलेटलगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, यातायातका साधन तथा पार्टपुर्जा, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ्य उपकरण तथा औजार, प्लाष्टिक दानालगायतका वस्तुहरुको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा सुख्खा बन्दरगाह भन्सार कार्यालय र कृष्णनगर भन्सार कार्यालयबाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको निर्यातमा बढेको राष्ट्र बैंकले जानकारी दिएको छ । आयाततर्फ भने कृष्णनगर भन्सार कार्यालयबाहेक अन्य मुख्य भन्सार नाकाहरुबाट भएको आयात भने बढेको छ । राष्ट्र बैंकका अनुसार २०७६ असार महिनामा भन्सार तथ्यांकमा आधारित वार्षिक विन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकांक बढेको छ भने आयात मूल्य सूचकांक दुुई दशमलव तीन प्रतिशतले घटेको छ । २०७५ असार महिनामा वार्षिक विन्दुगत आधारमा दुुई प्रतिशतले घटेको व्यापारको शर्त २०७६ असार महिनामा तीन दशमलव दुुई प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार २०७५÷०७६ मा खुद सेवा आय १६ अर्ब ५२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय दुुई अर्ब २७ करोडले बचतमा रहेको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा सेवा खाताअन्तर्गत भ्रमण आय नौ दशमलव सात प्रतिशतले बढेर ७३ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६७ अर्ब नौ करोड रहेको थियो । आर्थिक वर्ष २०७५÷०७६ मा सेवा खाताअन्तर्गत भ्रमण व्यय १२ दशमलव पाँच प्रतिशतले बढेर ८९ अर्ब ५८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको खर्च ४६ अर्ब ३२ करोड रहेको छ । राष्ट्र बैंकका अनुुसार अघिल्लो वर्ष भ्रमण व्यय भने ७९ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com