निर्वाचन आयोगद्वारा दल दर्ता गर्न आह्वान

काठमाण्डौँ,भदौ १७
निर्वाचन आयोगले राजनैतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गर्दै आगामी मंसिर १४ गते हुने उप–निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका गर्नको लागिनिवेदन दिन आह्वान गरेको हो । आयोगले भदौ मसान्तसम्मका लागि दलदर्ता गर्ने मिति तोकेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार २०७४ सालको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनमा भाग लिएका दलहरूले उप–निर्वाचनका लागि दल दर्ता गर्नुपर्ने छैन तर २०७४ सालको निर्वाचनपछि एकीकरण भई नयाँ नाम कायम भएका र नयाँ दर्ता भएका दलले भने उप–निर्वाचन प्रयोजनका लागि अनिवार्यरूपमा दल दर्ता गराउन पर्नेछ ।

आगामी मंसिर १४ गते प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, नगरपालिकाको प्रमुख एक, गाउँपालिकाको अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४२ गरी ५१ पदका लागि उपनिर्वाचन हँुदैछ ।राजनीतिक दलले विधान, नियमावली, घोषणापत्र, निर्वाचन चिह्न, दर्ताका लागि भएको केन्द्रीय समितिको निर्णय, वार्षिक लेखा परीक्षण प्रतिवेदन, पछिल्लो महाधिवेशन सम्पन्न भएको मिति, कार्यकारिणी समितिका पदाधिकारी र सदस्यको संख्याजस्ता विषय खुुलाएर निवेदन दिनुपर्ने आयोगले जनाएको छ । अहिले निर्वाचन आयोगमा दर्ता रहेको राजनीतिक दलको संख्याएक सय ३२ रहेको आयोगले जनाएको छ ।

उप–निर्वाचनको तयारीका क्रमममा मतदाता नामावलीलाई अन्तिम रूप दिने कार्यमा आयोग अघि बढिरहेको बताएको छ । भदौको अन्तिम सातासम्ममा सम्बन्धित निर्वाचन र वडामा दाबीविरोधको कार्यक्रम सञ्चालन हुनेछ । गलत नाम समावेश भएको रहेछ भने उजुरी दिन सकिने भएको हुँदा निर्वाचन आयोगले सम्पूर्ण मतदाता र आम नागरिकलाई दाबीविरोध कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन आग्रहसमेत गरेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com