दोलखाका तीनवटा बचत सहकारीलाई एक्सेस ब्राण्ड

दोलखा, भदौ २०
दोलखाका तीनवटा बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्राण्ड प्राप्त गरेका छन् । तीनमध्ये दुईवटा संस्थाले रजत र एउटा संस्थाले कास्य स्तरको ब्राण्ड प्राप्त गरेको नेफ्स्कुनले जनाएको छ । जनसचेतन बचत तथा ऋण सहकारी संस्था काव्रे र मिलिजुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोटले रजत स्तर अर्थात् सिल्भर ब्राण्ड प्राप्त गरेका छन् । त्यसैगरी हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड चरीकोटले कास्य स्तर अर्थात ब्रोन्ज ब्राण्ड प्राप्त गरेको छ । यसैबिच दोलखाको ३ सहकारी सहित नेपालका २४ वटा बचत तथा ऋण सहकारी संस्थाले एक्सेस ब्राण्ड पाउन सफल भएका छन् ।

२४ मध्ये ८ संस्थाले रजत र १६ संस्थाले कास्य स्तरको ब्राण्ड प्राप्त गरेको नेफ्स्कुनले जनाएको छ । हालसम्म ६४ वटा बचत तथा ऋण सहकारी संस्थाहरु एक्सेस कार्यक्रममा आबद्ध रहेका छन् । २०७६ साउन देखी भदौसम्म एसियाली ऋण महासंघबाट आएका स्वतन्त्र परीक्षकहरुले सहकारीका विभिन्न ४ विधामा परिक्षण गरेको थियो । संस्थाको वित्तीय अवस्था, सदस्य दृष्टिकोण, व्यवसायिक सक्षमता र सिकाई एवम् वृद्धिमा कुल ८६ वटा सुचकको आधारमा अकु र नेफ्स्कूनको प्राविधिक टोलीले एक्सेस अन्तिम परीक्षण गरेको थियो ।

एक्सेस कार्यक्रम एशियाली ऋण महासंघको प्राविधिक सहयोगमा एशियाली स्तरमा साकोस क्षेत्रका विकासलाई आन्तरिकीकरण गर्ने उद्धेश्य सहित नेफ्स्कूनले वि.सं. २०६५ सालदेखी सञ्चालनमा ल्याएको कार्यक्रम हो । एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्थामा ४ आयामहरु अन्र्तगत वित्तीय पक्ष, सदस्यता पक्ष, आन्तरिक कार्यसञ्चालन प्रक्रियाको पक्ष र सिकाइ तथा वृद्धि पक्षको अनुगमन गर्दछ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com