वन कब्जा गरेर अस्पताल निर्माण

हिमेश विक
कञ्चनपुर, भदौ २२
वेदकोट नगरपालिका–३ दैजीमा वेदकोट नगरपालिकाले सामुदायिक वन कब्जा गरेर नगर अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । डिभिजन वन कार्यालयको अनुमतिविना नै वेदकोट नगरपलिकाले वन कब्जा गरेर अस्पताल निर्माणको पहिलो प्रारम्भिक चरण अगाडि बढाएको हो । नेपाल सरकारको वनको आचारसंहितालाई कुल्चिँदै अस्पतालको काम अगाडि बढाउन खोजिएको छ ।

वेदकोट नगरपालिकाले नगर अस्पताल निर्माणका लागि गत आवमा एक करोड रूपैयाँसम्म विनियोजन गरिसकेको छ । उक्त रकम अस्पतालको पर्खाल र गेटको लागि खर्च गरिएको छ । अस्पतालको पर्खाल निर्माणको जिम्मा उदय निर्माण सेवाले लिएको छ । उदय निर्माण सेवाले पर्खाल र गेट निर्माणका लागि ५८ लाख ७४ हजार रूपैयाँमा नगरपालिकासँग सम्झौता गरिसकेको हो ।

पहिलो प्रारम्भिक काममा डेढ बिघा जग्गामा वरिपरि बाउण्ड्री निर्माण कार्य गरिएको जयशंकर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनले भने, ‘नगरपालिकाले ठेक्का दिएको पहिलो चरणको काम सम्पन्न भएको छ । यसका लागि सामुदायिक वनले जग्गा हस्तान्तरण गरेको छ । तर, अस्तपतालको प्रक्रिया अगाडि बढाउन बाँकी नै छ ।’ सामुदायिक वनले पनि चिठी लेखेर पठाउन बाँकी रहेको उनले बताए ।

वेदकोट नगरपालिका मनोमानी ढंगले योभन्दा अगाडि पनि विभिन्न कार्यमा विवादमा पर्दै आएको छ । नेपाल सरकारको मापदण्डअनुसार आईई÷ईआईई नगराई जङ्गलको बीचमा अस्पताल निर्माण गर्न खोजिएको छ । अस्पताल निर्माणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबाट अनुमति लिनुपर्छ । उनीहरूबाट अनुमति नै नलिई आफ्नो मनोमानी तरिकाले वेदकोट नगरपालिका अस्पताल निर्माण गर्न खोजिरहेको छ ।

सामुदायिक वनभित्र रहेको हरिया रुखहरूलाई फँडानी गरेर सामुदायिक वनको स्वरूप नै बिगार्न खोजिएको एक स्थानीयले बताए । उनका अनुसार, वेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्दले आफ्ना दाजुलाई पर्खाल निर्माण र गेट निर्माणका लागि ठेक्का दिएका छन् । पर्खाल र गेट निर्माणका लागि ५८ लाख ७४ हजार रूपैयाँ विनियोजन गर्नु रहस्यमय भएको छ ।

यस विषयमा छानबिन हुन जरुरी छ । सामुदायिक वनले वन क्षेत्रको जग्गा दिए पनि मन्त्रिपरिषद्को निर्णयविना वन क्षेत्रमा स्वास्थ्य संस्था बनाउन पाइँदैन । नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अस्पताल निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग अनुमति लिनुपर्ने डिभिजन वन कार्यालयका प्रमुख अजय बिक्रम मान्धरले बताए ।

उनले यो बारेमा आफूलाई जानकारी नभएको बताए । यसका लागि वन कार्यालय बुझ्ने जानकारी दिए । नगरपालिकाले वन क्षेत्रमा अस्पताल निर्माण गर्दा वनसँग समन्वय नगरी अगाडि बढेका बताए । यसका लागि कार्यालयले तुरुन्त निर्माण रोक्नका लागि निवेदन लेखेर पठाउने जानकारी दिए । वर्तमान अस्थामा स्थानीय तह आएसकेपछि प्राकृतिकरूपमा भरिपूर्ण संरचना भत्काएर मनोमानीरूपले काम अगाडि बढाइरहेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com