भारतको ‘चन्द्रयान–२’ सम्पर्कविहीन

नयाँ दिल्ली, भदौ २२
चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पु-याउने चन्द्रयान — २ मिसनको एउटा यान विक्रम ल्यान्डर सम्पर्कविच्छेद भएको छ । भारतीय मिडियाहरुका अनुसार सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्कविच्छेद भएको ‘इन्डियन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो)का प्रमुख के. सिभनले बताए ।
उनले शनिबार दिएको जानकारीअनुसार शुक्रबार राति साढे १ बजे भारतीय अनुसन्धान संगठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए । इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नु थियो । तर अवतरण नहुँदै भारतको समयअनुसार राति १ः५५ मा यान सम्पर्कविहीन भएको सिभनको भनाइ छ ।

यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो । यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान—१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो । योजनाअनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङलोरस्थित इसरो मुख्यालय पुगेका थिए । उनले भारतीय वैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरव गर्दै सम्पर्कविहीन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्विटरमार्फत व्यक्त गरेका छन् । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com