इस्लिङटनमा सूचना प्रविधि प्रदर्शनी

काठमाडौं, भदौ २२
कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सूचना प्रविधिसम्बन्धी प्रदर्शनी गरेका छन् । सूचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सूचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका छन् । गत वर्ष प्रस्तुत गरिएका तीन सय परियोजनाबाट छनौट गरिएको उत्कृष्ट ३४ परियोजनाको प्रस्तुति गरिएको थियो । अन्तिम वर्षको परियोजना सोकेसमा रोजगार प्रदायक विभिन्न बैंक, वित्तीय संस्था र विभिन्न कम्पनीका एचआर, सूचना प्रविधि प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सोकेस प्रदर्शनीमा एनआईसी एसिया, प्राइम, माछापुच्छ्रे बैंक, फ्युज मेसिन्स, कन्भर्स–३, दृष्टि टेक, इन्फोडेभलपरलगायतका विभिन्न विभागका प्रमुखले परियोजना अवलोकन गरेका थिए । विद्यार्थीले सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, साइवर सेक्युरिटी, एनिमेशन, आर्टिफिसियल इन्टलिजेन्सलगायत एक दर्जन विषयको परियोजना तयार गरेका थिए । नेपाललाई सुहाउँदो उत्कृष्ट परियोजनाको सोकेस तयारी गरी प्रदर्शन गरेको जानकारी गराउदै कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढोथोकीले इस्लिङटनमा सूचना प्रविधि विषय लिएर अध्ययन गरेका विद्यार्थीको पौखरलाई सार्वजनीक गर्न प्रदर्शनी आयोजना गरेको बताए ।

प्रदर्शनीमा मेडिकल ड्रोन, स्मार्ट डस्टबिन, सवारी साधनको नम्बरप्लेट रिडर, पानीको स्वच्छता मापन गर्ने लगायतका परियोजना तयार गरेका थिए । बुधबार कलेजपरिसरमा आयोजित प्रदर्शनीमा करिब ३ हजार विद्यार्थीले अवलोकन गरेको कलेजले जनाएको छ । सो कलेजमा सूचना प्रविधि विषयको तीन वर्षे कोर्षअन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी विषयको कोर्ष सञ्चालन भइरहेको छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेक कलेजको दाबी छ । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायतस्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्बन्धन लिएको कलेज हो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com