सोलुखुम्बुका विभिन्न ठाउँमा पहिरोले चार घरपरिवार विस्थापित

महेन्द्र शाही
सोलुखुम्बु,  भदौ २३

पहिरोका कारण सोलुखुम्बुका विभिन्न बस्तीका चार घरपरिवार विस्थापित भएका छन् । अबिरल वर्षातसँगै घरमाथिबाट पहिरो आउँदा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङका तीन घर र माप्यदुधकोशी ६ मा एक घरपरिवार विस्थापित भएका हुन् । भदौ १४ गते निरन्तरको वर्षासँगै जमिन चिराचिरा हुँदा केरुङका नरबहादुर खड्का, पूर्णबहादुर मगर र टेकबहादुर मगरको घरपरिवार विस्थापित भएका हुन् । पहिरो पीडित टेकबहादुर मगरका अनुसार सडक खन्ने क्रममा बस्ती र भूगोलको अवस्थालाई ध्यान नदिइँदा समस्या भएको हो ।

सडक निर्माण गर्दा खोल्सा कटान गरिए पनि भलको निकास नराख्दा आफूहरूको घरभित्रै भल पसेको पीडित पूर्णबहादुर मगरले बताए । घरभित्र मात्रै पानी पसेन कि जमिननै पूरै चिरा चिरा भयो । पीडित मगरले भने, घरमा बस्ने अवस्था नभएपछि पाल टाँगेर बस्न बाध्य छौँ ।’ सहयोगको याचना गर्दै जिल्ला प्रशासन कार्यालय आएका मगरले सडक निर्माणमा बस्ती र भूगोलको अध्ययन नगरिएको बताए। विकास भए पनि जनताको जीउधनको दीर्घकालीन अवस्थामा गम्भीर नहुँदा समस्या भएको उनको भनाइ छ ।

जिल्लाको माप्यदुधकोशी गाउँपालिका ६ रामतेलमा घर माथिको पहाड झर्दा एक घरमा पूर्ण क्षति पुगेको छ । निरन्तरको वर्षाका कारण शुक्रबार बिहान १० बजे पहाड भत्किएर आउदा स्थानीय गङ्गे राईको घर पूर्णरूपमा भत्काएको वडा अध्यक्ष दिनेशकुमार राईले जानकारी दिए । बिहानको समयमा भएकाले मान्छे घरमा कोही नभएका कारण मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए । वडा अध्यक्ष दिनेशकुमार राईका अनुसार २०७२ सालको भूकम्पका कारण हल्लिएको पहाड वर्षाका कारण फुटेर आएको हो । घटनाबाट करिब १२ लाखबराबरको क्षति भएको उनको अनुमान छ ।

साथै सोही पहिरोका कारण स्थानीय आइबहादुर राईको घरमा समेत आशिंक क्षति पुगेको छ । आइबहादुरको ट्वाइलेट भत्काएको प्रहरीले जनाएको छ । पहिरो पीडित सोलुदुधकुण्ड नगरपालिकाका ३ घर परिवारलाई जिल्ला प्रसाशन कार्यलय सोलुखुम्बुले राहत रकम वितरण गरेको छ। उनीहरूले दिएको निवेदनअनुसार जिल्ला विपत् व्यवस्थापन कोषबाट प्रतिघरपरिवार २० हजारका दरले आर्थिक सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी वेधनिधि खनालले जानकारी दिए । दैविक प्रकोप उद्दार समितिका अध्यक्ष समेत रहेका प्रजिअ खनालले अन्य निकायहरूको समन्वयमा थप राहत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com