अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं, भदौ २३
चन्द्रागिरी नगरपालिका ११ गुर्जुधाराबाट लागूऔषध चरेससहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चन्द्रागिरी नगरपालिका १२ मुखियागाउँ घर भएका २६ वर्षीय विक्की रोक्कालाई लागूऔषध चरेस २५ ग्राम र धादिङ किरानचोक घर भएकी ३८ वर्षीया राममाया तामाङलाई लागूऔषध चरेस ४० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट बारा जितपुर सिमरा उपमहानगरपालिका १७ बस्ने ३० वर्षीय रमेश चौधरीलाई लागूऔषध नुर्फिन १७ एम्पुल, डाईजेपाम १७ एम्पुल, फेनारगन १७ एम्पुल र खैरो हेरोइन एक ग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु. ४८ प ५२६७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्यूरो पर्साबाट खटिएको प्रहरीले चौधरीलाई उक्त लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com