‘कहिलेसम्म तुइन तानेर खोला पार गर्ने’

दोलखा, भदौ २३
दोलखाका दुर्गम भेगमा गौरीशंकर गाउँपालिकाको वडा नम्बर ७ मार्बु र ८ खार स्थानीयहरू तुइन तानेर खोला पार गर्न बाध्य छन् । उनीहरू विगत लामो समयदेखि जोखिम मोल्दै तुइन तानेर खोला पार गर्दै आएका छन् । हिउँमा खोला तर्न सकिए पनि बर्खाको समय सधैँ अस्थायी तुइनबाट यात्रा गर्दै आएको गौरीशंकर गाउँपलिका खारेका स्थानीय उदव विकले बताए ।

गौरीशंकरका यी दुई भेगका स्थानीयले असारदेखि मंसिरसम्म यसरी नै ओहोरदोहोर गर्दै आएको छन् । पटकपटक स्थानीयले गाउँपालिकासग पुल बनाउन अनुरोध गरे पनि पालिकाले वास्ता नगरेको विकको भनाइ छ । गाउँपालिकाको वडा नम्बर ७ मार्बु र ८ खारेको सिमाना टोपटारमा काठको पुलसमेत नहुँदा जोखिम मोलेरै तुइनबाटै स्थानीयबासी खोला तर्ने गर्छन् । वर्तमान सरकार ‘तुइनमुक्त देश’ बनाउने अभियानमा रहेको छ । तर टोपटारमा भने स्थानीयबासी ज्यान जोखिममा राखेर खोला तर्न बाध्य छन् । विशेषत यहाँका पुरुषलाई भन्दा पनि महिला र वृद्धहरूलाई दुई गाउँ ओहोरदोहोर गर्न आफन्तसँग भेटघाट गर्न कठिन हुनेगरेको स्थानीय लक्ष्मी नेपालीले बताइन् ।

पक्की पुल माग गरेको वर्षाैं बित्दासमेत बन्न नसकेको उनले बताइन् । हिउँदको समयमा खोलाको बहाब कम हुँदा अस्थायी काठे पुलको व्यवस्था गरिन्छ । तर वर्षा लागेसँगै खोलामा आउने बाढीले प्रत्येक वर्ष काठको पुल बगाउने गरेको छ । त्यसैगरी छिमेकी वडा मार्वुमा रहेको हिमवर्ती माविमा अध्ययन गर्न जाने विद्यार्थी पनि जीर्ण तुइनको प्रयोग गर्न बाध्य भएको स्थानीय निमा शेर्पाले जानकारी दिइन् । गौरीशंकर गाउँपालिकाका अध्यक्ष स्वयमबहादुर खड्काले तीन वर्षअघि त्यस ठाउँमा झोलुङ्गे पुल निर्माण गर्नका लागि बजेट प्राप्त भएर निर्माण व्यवसायीसमेत छनौट भएको बताए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com