अख्तियारमा एक वर्षमा आधा उजुरी मात्रै फर्छ्यौट

धनबहादुर जप्रेल
महेन्द्रनगर, भदौ २३
अख्तियार दुरूपयोग अनुसन्धान आयोग महेन्द्रनगरले गत आर्थिक वर्षमा जम्मा छ सय नौवटा ऊजुरी फछ्र्याैट गरेको छ । जसमा दर्ता भएका उजुरीमध्ये आधा मात्रै फछ्र्याैट भएका छन् । आयोगको कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्ष २०७५÷७६को अवधिमा जम्मा १२ सय ७६ वटा उजुरी दर्ता गरेको हो । आयोगमा आएका उजुरीहरूमध्ये छ सय नौ वटा उजुरी फछ्र्याैैट भइसकेको आयोगको कार्यालय महेन्द्रनगरका सूचना अधिकारी टोपबहादुर बिष्टले बताए । ‘आयोगमा विभिन्न माध्यमबाट जम्मा १२ सय ७६ वटा उजुरी आएका थिए । जसमा हामीले छ सय नौवटा उजुरी फछ्र्याैट गरिसकेका छौँ, बाँकी उजुरी प्रक्रियामा रहेका छन् ।’ बिष्टले भने । यस्तै अख्तियारको कार्यालयमा गतवर्ष आएका जम्मा उजुरीहरूमा जम्मा छ सय ६७ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेका छन् ।

उक्त उजुरीहरू विभिन्न कारणले फर्छ्यौट हुने क्रममा रहेका सुचना अधिकारी बिष्टले बताए । अख्तिायारले गतवर्ष दर्ता गरेका उजुरीहरूमा दार्चुलामा ४६, बैतडीमा ७२, डडेल्धुरामा ५१, कञ्चनपुरमा एक ६४, कैलालीमा एक सय ६१, बझाङमा ४७, डोटीमा ३९, अछाममा ३६, बाजुरामा १७ वटा गरी सात सय ३४ वटा उजुरी दर्ता गरेको छ । जसमा छ सय नौवटा उजुरी फर्छ्यौट गरिसकेको छ । जसमा दार्चुलाका ३१, बैतडी ३६, डडेल्धुरा ४९, कञ्चनपुरमा एक ६२, कैलालीमा एक सय २४, बझाङमा ३०, डोटीमा ३८, अछाममा ३३, र बाजुरामा पाँचवटा उजुरी फर्छ्यौट गरिसकेको बताए । हालसम्मका उजुरीहरूमा सबैभन्दा बढी उजुरी कैलाली जिल्लाबाट आएका छन् ।

कैलालीबाट गतवर्ष जम्मा १४ सय १२ वटा उजुरी परेका छन् । त्यसपछि कञ्चनपुरबाट ११ सय ५९ वटा उजुरी परेका छन् । यस्तै दार्चुलाबाट दुई सय ८३, बैतडीबाट पाँच सय ४८, डडेल्धुराबाट तीन सय ८२, बझाङबाट दुई सय ७०, डोटीबाट तीन सय ६९, अछामबाट दुई सय ३१, बाजुराबाट एक सय ३१ र अन्य १४ वटा उजुरी गरी स्थापना कालदेखि हालसम्म जम्मा चार हजार सात सय ९९ वटा उजुरी परेका छन् । यस्तै, हालसम्म आएका उजुरीमध्ये ४१ सय ३२ वटा उजुरी फर्छ्यौट भइसकेका छन् ।

जसमा दार्चुलाका दुई सय ३८, बैतडी चार सय २५, डडेल्धुरा तीन सय २५, कञ्चनपुरमा एक हजार ६१, कैलालीमा १२ सय १९, बझाङमा दुई सय सात, डोटीमा तीन सय ३५, अछाममा एक सय १५, बाजुरामा एक सय १०,र अन्य १४ वटा उजुरी अख्तियार कार्यालय महेन्द्रनगरले फर्छ्यौट गरेको छ । अख्तियार अनुसन्धान आयोग महेन्द्रनगरमा आएका उजुरीहरूमा पहाडी क्षेत्रलगायत कर्मचारी समायोजनको प्रक्रियालगायतका समस्याका कारण उजुरी फर्छ्यौट हुन कठिनाइ भएको सूचना अधिकारी बिष्टले बताए ।

उनका अनुसार समायोजनका कारण हिजोको दिनमा रहेका कर्मचारी अन्यत्र सरुवा भइदिँदा काममा बाधासमेत भइरहेकाले काम गर्न समस्या भएको हो । यस्तै पटकपटक ताकेता गर्नुपर्ने, सम्पर्कविन्दु एकाइको गठन नहुनु प्रभावकारी नभएका, आफूअनुकुल जवाफ पठाउने, आरोपित व्यक्ति वा निकायकै जवाफ साभार गरी पठाउने, स्थलगत निरीक्षणबिना जवाफ पठाउने, तथ्यगत राय नपठाउने, सुझाव कार्यान्वयन नगर्ने, निर्णय पन्छाउने प्रवृत्तिले गर्दा उजुरी छानबिनमा समस्या भई कुनै कुनै उजुरी फछ्र्याैट गर्ने समस्या परेको बिष्टले बताए ।

अख्तियारमा हालसम्म बढीजसो उजुरीहरू कर्मचारीहरूले समयमा काम नगरेको ढिलासुस्ती र भ्रष्टाचार गरेको विषयमा बढी उजुरी आउने गरेको विष्टले बताए । हालसम्मका उजुरीको प्रकृति हेर्दा उपभोक्ता समिति गठनमा आफ्नो मान्छे राखेको, पूर्वाधार निर्माणमा गुणस्तर कायम नभएको, निर्माण तथा खरिद कार्य गराउँदा प्रतिष्पर्धा नगराएको, स्थानीय दररेट निर्धारणमा चलखेल गरेको, सामान खरिदमा परिमाण, गुणस्तर र मूल्यमा अनियमितता गरेको, खरिद÷निर्माणमा झुटा प्रमाण पेश गरेको, किर्ते दस्तखत÷नककली छाप प्रयोग गरि रकम दुरूपयोग गरेको, परामर्शदाता छनौट गर्दा मापदण्ड पालना नगरेको, पेश्की लिई लामो समय फछ्र्याैट नगर्ने, कर्मचारी शिक्षक भर्ना छनौट र सार्वजनिक खरिदमा नातावाद कृपावाद हावी, वनजङ्गल, जडीबुटीजस्ता प्राकृतिक स्रोत साधनको अनियन्त्रित दोहन, नदीजन्य पदार्थ जस्तैः

गिट्टी बालुवा, ढुङ्गाखानीलगायतको स्काभेटर प्रयोग गरी अवैध चोरी निकासी, सामाजिक सुरक्षा भत्ता वितरण र सुनौलो हजार दिनको कायक्र्रममा हिनामिना, कानुनविपरित नियुक्ती र तलबभत्ता वितरण, बाटो विस्तार मर्का परेको विस्तार गर्न नदिएको साँधसँधियारले बाटो, घरजग्गा मिचेको, मापदण्डविपरित घर निर्माण, निर्माण सम्पन्न फूटपाथ र पार्किङ, सेवाको सिफारिस स्वीकृतीमा हुने अनियमितता (जग्गा नापनक्शा व्यक्तिगत घटना दर्ता), कर संकलनमा अनियमितता, कार्यक्रममा सञ्चालनमा अनियमितता, एउटै काममा दोहोरो भुक्तानी, एउटै कामलाई टुक्राटुक्रा गरी ठेक्कापट्टा गर्नुपर्ने, उपभोक्ता समितिमार्फत गर्नुपर्ने प्रवृत्ति, मेसिन प्रयोग गरी मानिसले गरेको देखाई बढी भुक्तानी लिने, फोहोर मैला व्यवस्थापन, सवारी साधन र इन्धनको दुरूपयोग, छाज्ञवृत्ति रकम तथा शैक्षिक सामग्री वितरणमा अनियमितता जस्ता विषयमा उजुरी पर्ने गरेको विष्टले बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com