पञ्चशील बहुउद्देश्यीय सहकारीको नाफा आठ करोड ६९ लाख

काठमाडौं, भदौ २३
पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लि.ले आव०७५/०७६ मा आठ करोड ६९ लाख ५० हजार चार सय ६० रूपैयाँ ६२ पैसा नाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको भन्दा ४९.९३ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ । संस्थाको आर्थिक वर्ष ०७५/०७६ मा सेयर पुँजी १२ करोड २३ लाख ५७ हजार एक सय रूपैयाँ रहेको छ । संस्थाले बचत (निक्षेप) एक अर्ब ३७ करोड ३८ लाख ११ हजार सात सय ४५ रूपैयाँ ९४ पैसा संकलन गरेको छ भने संस्थाले वार्षिक कारोबार एक अर्ब ८७ करोड २६ लाख २० हजार चार सय ९९ रूपैयाँ ९८ पैसा पु-याउन सफल भएको छ ।

संस्थाले अन्य सहकारीको बीचमा नमुना सहकारीको रूपमा आफूलाई स्थापित गर्न सफल भएको जनाएको छ । यस संस्थाले आव ०७५/०७६ मा एक करोड ५६ लाख ५१ हजार ८२ रूपैयाँ ९१ पैसा आयकर दाखिला गर्न सफल भएको छ । संस्थाले विभिन्न सामाजिक क्रियाकलापअन्तर्गत विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । संस्थाले समयतालिका बनाई सेयर सदस्यहरूलाई विभिन्न सिप मुलक तालिम दिने, अन्तरक्रिया गर्नेलगायतका कार्यहरू गर्दै आइरहेको छ । 

 

सदस्यहरूलाई अझ प्रभावकारी ढंगले सेवा प्रदान गर्न साथै प्रविधिमूलक कारोबारको वातावरण उपलब्ध गराउने उद्देश्य लिई संस्थाले गत आव २०७५/०७६ देखि मोबाइल एसएमएस, स्मार्ट मोबाइल बैंकिङ र एटीएमको सुविधा दिइरहेको जनाएको छ । संस्थाले आफ्ना सेयर सदस्यहरूलाई अझ सहज ढंगले सेवा सुविधा दिने उद्देश्यका साथ आव ०७५/०७६ को सुरुदेखि काठमाडौँ, खिचापोखरी, न्यूरोडमा चौथो सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाले आव ०७५/०७६ मा आफ्नो सेयर सदस्यलाई १७ प्रतिशत सेयर लाभांश प्रदान गर्न सफल भएको जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com