विश्व साक्षरता दिवस र नेपाल

विश्वनाथ खरेल
सन्दर्भ : अन्तर्राष्ट्रिय साक्षरता दिवस :- युनेस्कोले सन् १९६५ देखि प्रत्येक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रूपमा मनाउने घोषणा गरेको छ । यसपटक पृथ्वीमा ५१औँ साक्षरता दिवस मनाइँदै छ । यसरी आधुनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएता पनि विश्वभरि लगभग ७७ करोड बढी मानिसहरू सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य अध्यनहरूले देखाउँदछ । हाम्रा छेउछाउमा बसोबास गरिरहेका हरेक उमेरसमूहका कोही न कोही निरक्षर सजिलै भेटिन्छन् ।

यसको साथसाथै साक्षरताको ग्लोबल मनिटरिङ रिपोर्टका अनुसार संसारका प्रत्येक पाँचमध्ये एकजना पुरुष र दुई तिहाइ महिलाहरू अझै पनि निरक्षर छन् र अझ् धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरू छन् । यसमा पनि धेरै जना बालबालिकाहरू अझै पनि विद्यालय जान पाउँदैनन् र पाउनेहरू पनि दैनिक विद्यालय जान सक्दैनन् । पश्चिमी र दक्षिणी एसीयालगायतका देशहरू साक्षरता दरमा अझै कमजोर देखिन्छन् । विश्वभरिका विद्यालय, समुदाय र संस्थाहरूले साक्षरताका लागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्तरूपमा मनाउने गर्दछन् ।

यसपटकको विश्व साक्षरता दिवसका लागि विश्व साक्षरता संस्थाले एउटा डिजिटल संसारमा साक्षरताको महत्व भन्ने नाराका साथ उत्साहपूर्वक मनाउने घोषणा गरेको छ । सबैजना साक्षर हुनु सबैको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजिटल युग अनि त्यसको उपयोगिताको प्रयोग गरेर डिजिटल शिक्षा अनि साक्षरताका लागि जनजागरण अझै अपुग्दो छ । यसैको सिलसिलामा विज्ञान र प्रविधिको द्रूत गतिमा विकास र विस्तार भइराखेको वर्तमान एक्काइसौँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर प्रौढ छन् । करिब हरेक तीन निरक्षरमध्ये दुई महिला पर्छन् ।

हाम्रो देशको सन्दर्भमा हेर्ने हो भने पनि विसं २०६८ को जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५ दशमलव नौ प्रतिशत छ । यसमध्ये पुरुष ७५ दशमलव एक र महिला ५७ दशमलव चार प्रतिशत साक्षर छन् । महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत देखिन्छ । यसको अलावा नेपालको सारक्षरता दर दक्षिण एसियाका आठ देशहरूमध्ये छैटौँ स्थानमा पर्दछ । सन् २०१५ को अनुमानअनुसार माल्दिभ्सको साक्षारता दर ९९ दशमलव तीन प्रतिशत, श्रीलङ्का ९२ दशमलव छ प्रतिशत, बङ्गलादेश ७२ दशमलव आठ प्रतिशत, भारत ७२ दशमलव एक प्रतिशत, भुटान ६४ दशमलव नौ प्रतिशत, नेपाल ६४ दशमलव सात प्रतिशत, पाकिस्तान ५६ दशमलव चार प्रतिशत र अफगानस्तानको ३८ दशमलव दुई प्रतिशत रहेको थियो ।

हाम्रो देशको शिक्षा क्षेत्रको सन्दर्भमा अध्ययन गर्ने हो भने सरकारले निरक्षर दर घटाउन साक्षरता अभियान सञ्चालन गर्दै आइरहेको छ । यस्तो अभियान सञ्चालन भएको वर्षौँ भइसकेको छ । तर, मुलुकको साक्षरता दर अपेक्षितरूपमा बढ्न सकेन । सरकारले साक्षरता अभियानकै लागि हालसम्म पाँच अर्ब बढी रकम खर्चिसकेको छ । हामीकहाँ जुनसुकै कार्यक्रम सञ्चालन गर्दा त्यस्ता कार्यक्रममको प्रभावकारिताबारे प्रश्न उठ्छ । साक्षरता अभियानमा पनि प्रश्न खडा भएका छन् । जब कार्यक्रममा अथाह खर्च हुन्छ तर उपलब्धि देखिँदैन भने त्यस्ता कार्यक्रममा प्रश्न उठ्नु स्वाभाविक हो । हालसम्म ५१ जिल्ला साक्षर घोषित भइसकेका छन् ।

पछिल्लो पटक उदयपुर, मोरङ, डडेल्धुरा र बैतडी साक्षर जिल्ला घोषित भएका छन् । काभ्रे, संखुवासभा, कैलाली, डोटी, बाँके, काठमाडौँ, कपिलवस्तु र ताप्लेजुङमा साक्षरताको प्रतिशत ९५ नाघिसके पनि घोषणा गर्न बाँकी रहेको केन्द्रको भनाइ छ । यस वर्षको शिक्षा दिवसको नारा हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलीकरण तय गरिएको छ । सरकारले शिक्षालाई नैसर्गिक अधिकारका रूपमा लिएको छ । सरकारी विद्यालयका कुनै पनि बालबालिकाबाट शुल्क लिन नपाउने भनी नेपालको संविधानमै उल्लेख छ । तर त्यो कार्यान्वयन भने हुन सकेको छैन । अहिले विभिन्न बहानामा शुल्क लिने गरिएको छ । यस वर्ष ७० जिल्ला साक्षर भई सक्नेछन् ।

बाँकी जिल्लामा अझै दुई वर्ष लाग्छ । हालसम्म ५१ जिल्ला साक्षर भएको घोषणा गरिएका छन् । १९ वटा जिल्ला चाँडै साक्षर भएको घोषणा गरिने जनाइएको छ । यो वर्ष साक्षरताका निम्ति २० करोड रूपैयाँ बजेट रहेको जनाइएको छ । उक्त बजेट ज्यादै न्यून भएको र त्यसलाई सात सय ५३ वटै स्थानीय तहले बजेट थप गरे कार्यक्रमम सञ्चालन गर्नसक्ने जनाइएको छ । नेपालमा प्रौढ शिक्षालगायतका कार्यक्रमहरूलाई पनि निरन्तरता दिन जरुरी छ । चाहे बालक होस् या वृद्ध, शिक्षा सबैलाई जरुरी छ ।

यसरी खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेकादेखि कालोपाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरू, भित्तामा झुण्ड्याएका चार्टमा ‘क’बाट कछुवा पढेकादेखि कम्प्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विद्यालय जानसम्म धौधौ पुस्तालगायत अक्षर नै नचिन्ने अनि औँठाछाप लगाउन पर्ने व्यक्तिहरू पनि यही समाजमा छौँ । उनीहरूलाई हामीले आफ्नो तर्फबाट के गरी साक्षरसम्म बनाउन सकिन्छ तिनीहरूलाई अक्षरमालाका पुस्तकहरू पढाएर या निःशुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण सिर्जना गरेर स्कुलसम्म उनीहरूलाई पु-याएर हुन्छ कि कसरी सिक्न र बुझन सक्छन् भन्ने खालको वातावरण राज्यले तय गर्नु आवश्यक छ ।

अन्त्यमा भन्नुपर्दा लोककल्याणकारी राज्यको प्रमुख दायित्व भनेकै आफ्ना नागरिकका लागि गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा र रोजगारीको सुनिश्चितता गर्न सक्नु हो । यीमध्ये गाँस, बास, कपास र शिक्षा प्रमुख हुन् । नागरिक शिक्षित बन्न सके भने मुलुकले धेरै हदसम्म फड्को मार्न सक्छ त्यसैले आम नागरिकलाई शिक्षाको उज्यालो घाम छर्न सक्नु वर्तमान संघीय लोकतान्त्रिक शासन व्यवस्था र यसलाई सञ्चालन गर्ने शासकको प्रमुख कर्तव्य हो । शिक्षित नागरिकले मात्रै सरकारका राम्रानराम्रा कामको विश्लेषण गर्न सक्छन् । त्यसैले अब सरकारले नागरिकलाई साक्षर मात्रै होइन, शिक्षित बनाउने नयाँ अभियान सुरु गर्नुपर्छ ।

यसर्थ साक्षरता अभियानमा देखिएका कमीकमजोरीबाट पाठ सिक्दै यसलाई वास्तवमै सबै नागरिकको घरदैलोमा पु¥याउन सक्नुपर्छ । साक्षरता अभियानको नाममा अर्बौं रूपैयाँ खर्चिने तर अभियान भने नाम मात्रकै हुने परिपाटीले मुलुकमा विद्यमान कुशासनलाई समेत झल्काउँछ । यस्ता किसिमका गतिविधिलाई छिटोभन्दा छिटो युद्धस्तरमा लागि परी निराकरण गर्ने अभियानतर्फ अग्रसर हुने बेला आएको छ । यसबाट सबैको लागि कल्याण हुने कुरामा कसैको पनि दुई मत नहोला । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com