घोराही चेम्बर अफ कमर्सको अध्यक्षमा बज्राचार्य

काठमाडौं, भदौ २३
घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन भएकी छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा शपथग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो । घोराही चेम्बर अफ कमर्सका अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले एसियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भावना रहेकोले उत्पादनमा वृद्धिलगायत संवर्द्धनका लागि अघि बढ्नुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष मल्लले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तर्देशीय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए । यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यत्र निर्यात हुनु प्रशंसनीय रहेको उनले बताए । उनले अण्डाको उत्पादनलाई बढावा दिँदै आयात शून्य विन्दुमा झार्न दाङमा कुखुरा फर्ममा अझै बढावा हुनुपर्ने बताए । धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधारसहित विकास गर्न सकिने उनले बताए ।

साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स दु्रतरुपमा अघि बढ्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष मल्लले जोड दिए । दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएको भन्दै उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएको बताए । वैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्ने बताए । उनले व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com