सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको चहलपहल

सोलुखुम्बु, भदौ २३
सोलुखुम्बुको माथिल्लो क्षेत्र खुम्बुमा पर्यटकहरुको चहलपहल सुरु भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य मनोरम दृश्यहरुको अवलोकन गर्न आउने पर्यटकहरुको आगमन दिन प्रति दिन बढेसगैँ खुम्बुमा पर्यटकको चहलपहल सुरु हुनथालेको हो । साउन मसान्तसम्म प्रायः सुनसान देखिएको खुम्बुमा अहिले क्रमिक रुपले विदेशी पर्यटकहरुको आगमन बढ्नथालेको खुम्बुका पर्यटक ब्यवसायी लामाकाजी शेर्पाले बताए । उनका अनुसार भदौको अन्त्यदेखि पर्यटकको आगमन निकै बाक्लो हुने गर्दछ । अहिले पनि दैनिक एक सय ५० भन्दा बढी पर्यटक लुक्लाबाट उकालो लाग्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोरसल्ले चेकपोष्टले जनाएको छ ।

पर्यटक नआउने महिना जेठ अन्तिम साता देखि असार, साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीहरु समेत अधिकांश फर्किसकेको होटल व्यवसायी ङातेम्बा शेर्पाले जानकारी दिए । यतिखेर पदमार्गहरुमा बाह्य पर्यटकहरुको आवातजावत निक्कै बढ्न थालेकोे खुम्बु पासङ ल्हमु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश घिमिरेको भनाइ रहेको छ । नेपाल नागरिक उड्यन कार्यालय लुक्लाका प्रमुख ईमानाथ अधिकारीका अनुसार पर्यटकहरुका कारण तेञ्जिङ हिलारी विमानस्थलमा उडान संख्या दिन प्रतिदिन बढिरहेको छ ।

अहिले लुक्ला विमान स्थलमा दैनिक १५ वटा विमानले उडान भर्ने गरेको उनको भनाइ छ । अहिले समिट एयरलाइन्सले ५ र तारा एयरले १० गरी दैनिक १५ वटा उडान हुने गरेको विमानस्थल कार्यलयले जनाएको छ । अधिकांश विदेशी पर्यटकहरुले भरिएर आउने विमान लुक्लाबाट फर्किँदा भने खाली जाने गरेको कार्यालयका प्रमुख अधिकारीले जानकारी दिए । पर्यटकको चाप बढ्नथालेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारका कर्मचारीहरुलाई पर्यटक दर्ता गर्न भ्याइनभ्याइ भएको कार्यालयले जनाएकोे छ । पदमार्ग र हवाइमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुको जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान छ । सोही कार्यालयमा पर्यटक सूचना केन्द्र समेत रहेको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com