चरीकोटमा खेलमैदान निर्माण हुने

सुबास बस्नेत
दोलखा, भदौ २३
दोलखामा भौतिक, सांस्कृतिक संरचना र पर्यटकीय धार्मिक सम्पदा निर्माण भएसँगै खेलमैदानमा पनि विकास हुने भएको छ । दोलखाको पुरानो खेलमैदान टुडिखेलको स्तरवृद्धि गरेर राष्ट्रियस्तरको खेलमैदान निर्माण हुने भएको छ । चरीकोटको टुडिखेल खेलमैदानमा विगत लामो समयदेखि जिल्लास्तरीय खेल कार्यक्रम हुँदै आएको छ । जिल्लाको प्रमुख खेलमैदानको रूपमा रहेको यस खेलमैदान यसै आर्थिक वर्षबाट एन्फाको मापदण्ड अनुसार स्तरोन्नति गर्न लागिएको जिल्ला फुटबल संघ दोलखाका अध्यक्ष गोविन्द श्रेष्ठले जानकारी दिए ।

अध्यक्ष श्रेष्ठका अनुसार चरीकोट खेलमैदानलाई स्तर उन्नति गर्न एन्फाले १० लाख आर्थिक सहयोग गरेको छ । उक्त रकमले खेलमैदानको माथिल्लो साइडमा गाडी, मोटरसाइकल छिर्न नदिन तारजाली निर्माण गरिएको बताए । त्यस्तै भीमेश्वर नगरपालिकाले खेलमैदानलाई व्यवस्थित बनाउँदै राष्ट्रिय मापदण्डअनुसारको बनाउन एक करोड ६५ लाख बजेटको व्यवस्था गरिदिएपछि स्तरोन्नतिको काम सुरु गरेको हो ।

सदरमुकाम चरीकोट रहेकोे यस खेलमैदानमा अघिल्लो आर्थिक वर्षहरुमा ९०/५५ मिटर लम्बाई चौडाइ रहेकोमा स्तरवृद्धि भएपछी खेलमैदानको लम्बाइ राष्ट्रिय खेलकुद मापदण्ड अनुसार ११० मिटर लम्बाइ र ७४ मिटर चौडाइको खेलमैदान निर्माण हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । खेलमैदानलाई बजेट विनियोजित भएपछि ठेकेदार कम्पनी सिम्पानी कन्स्ट्रक्सन प्रालिले स्तरवृद्धिको काम सुरु गरेको हो ।

ठेकेदार कम्पनी सिम्पानीले खेलमैदानको चारकुनाको लम्बाइ र चौडाइ बढाएर ११०/७४ बनाउनेछ भने खेलमैदानको तल्लो भागमा ग्याबेन वल निर्माण गरेर पुरानो ग्राउन्ड खेलमैदानको लेभल मिलाउनु पर्ने छ । त्यसैगरी पुरानो मञ्च भत्काएर खेलमैदानको भित्ता साइडमा नयाँ खेल हेर्ने दर्शक बस्ने मञ्चको निर्माण हुनेछ । चरीकोट खेलमैदान टुँडिखेल राष्ट्रियस्तरको खेलमैदानको रूपमा आगामी पुसभित्र निर्माण भइसक्ने निर्माण कम्पनीले जनाएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com