खराब कर्जा लुुकाउन मेगा बैंकद्वारा जेलचलान व्यक्तिको नाउँमा कर्जा स्वीकृत

काठमाडौं, भदौ २४
मेगा बैंक लिमिटेडले आफ्नो खराब कर्जा लुुकाउन कारागार चलान भएका व्यक्तिको नाउँमा थप कर्जा स्वीकृत गरेको देखिएको छ । मेगा बैंकनिकट स्रोतद्वारा प्राप्त भएको कर्जासम्बन्धी विवरणअनुुसार बैंकले ठगीको आरोपमा असार ८ गते कारागार चलान भएकी भुमादेवी गौतम पौडेलको नाउँमा बैंकले असार १८ गते ८५ लाख रुपैयाँ थप कर्र्जा प्रवाह गरेको हो । यसरी कारगार चलान भइसकेका व्यक्तिको नाउँमा कर्जा दिनुको मूल कारण ऋणीबाट नियमितरुपमा ब्याज आएको भन्दै कर्जा नवीकरण गर्नको लागि र खराब कर्जा लुुकाउनको लागि थप ऋण दिएको दाबी स्रोतले गरेको छ ।

भुुमादेवीसँग सम्बन्धित ऋणमा ब्याज बक्यौता रकम मात्र ८२ लाख एक हजार चार सय ७६ रुपैयाँ ९५ पैसा रहेकै अवस्थामा बैंकले थप ८५ लाख रुपैयाँ ऋण दिएको हो । ‘राष्ट्र बैंकको नियमअनुसार ऋण नवीकरण गर्दा बक्यौता रहेको ब्याज लिनुुपर्ने र १७ दिनको लागि मात्र बैंकले उक्त ऋण किन नवीकरण ग-यो ?’, बैंक स्रोतले भनेको छ । यसैबीच भुमादेवीसँग सम्बन्धित ऋणसँग जोडिएका गुुरुदत्त पौडेल कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका व्यक्ति रहेको तथ्य पनि खुुलेको छ ।

मेगा बैंक स्वयंले यही भदौ १६ गते ऋणी ग्लोबल माउन्टेन वेयर र सेन्सेसनल लिक्वियर हाउसको नाउँमा चल/अचल सम्पत्ति लिलाम गर्ने सम्बन्धी ३५ दिने सूचना सार्वजनिक गरेको थियो । मेगाले सार्वजनिक गरेको उक्त सूचनामा दुुवै कम्पनीका तर्फबाट ऋणीहरु भुुमादेवी गौतम र गुरुदत्त पौडेल देखिएका छन् । यता कर्जा सूचनाले भने गुुरुदत्तलाई वि.सं. २०७६ जेठ २९ गते नै कालोसूचीमा राखेको समेत देखिएको छ । पौडेलसँग सम्बन्धित यो कर्जा प्रकरणमा मेगाले आफ्नो खराब कर्जा लुुकाउन बदनियतपूर्ण रुपमा कालोसूचीमा परेको व्यक्तिलाई समेत कर्जा दिएको यो घटनाबाट पुष्टि भएको छ ।

मेगा बैंककी ऋणी भुुमादेवी अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि जेल चलान भएकी छिन् । उत्तम कुमारको जाहेरीको सरकार वादी भएको ठगीसम्बन्धी मुुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशअनुुसार पौडेल जेल चलान भएकी हुुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको एकल इजलासले पौडेलसम्बन्धी ठगी मुद्दामा जेल गएकी हुन् । उक्त फैसलाअनुुसार कारगार चलान भएकी पौडेललाई हाल काठमाडौंको नख्खुु जेलमा राखिएको छ । ठगीसम्बन्धी उक्त मुुद्दाको फैसलामा भनिएको छ, ‘प्रतिवादीबाट २५ लाख रुपैयाँ नगद, जेथा वा बैंक ग्यारेन्टी धरौटीबापत दिई लिई तारेखमा राख्नुु, प्रतिवादीबाट माग भएबमोजिमको धरौटी दिन नसके वा सो व्यहोराको कागज गराई नियमअनुसार सिधा खान पाउने गरी ऐ. को दफा ८० बमोजिम थुुनुुवा पुर्जी नजिकको कारागार कार्यालयमा थुुनामा राख्न पठाइदिनुु भनी मुुलुकी फौजदारी कार्यविधि संहिता २०७५ को दफा ७९ बमोजिम यो आदेश पर्चा खडा गरिदिएको छ ।

पौडेललाई बैंकलाई ऋण तिर्न सहज बनाउनकै लागि थप कर्जा दिएको र उक्त कर्जाको सावाँ र ब्याज समेत तिर्न नसकेपछि बैंक स्वयंले वि.सं. २०७५ माघ २२ गते ऋणी विश्वास मल्टिपर्पोस कम्पनीको नाउँमा ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । भुमादेवीको संलग्नता रहेको ग्लोबल माउन्टेन र विश्वास मल्टिपर्पोस कम्पनीको नाउँमा मेगा बैंकको १५ करोड रुपैयाँ कर्जा फसेको छ । मेगाले ती दुुई कम्पनीको नाउँमा १३ करोड रुपैयाँको ओभर ड्राफट र दुुई करोड रुपैयाँ टर्म लोन समेत गरी १५ करोड रुपैयाँ कर्जा दिएको थियो ।

ग्लोबल माउन्टेन र विश्वास मल्टिपर्पोसको नाउँमा कुुनै व्यापार नै नभएको भए पनि बैंकले उनीहरुलाई थप ऋण दिएको देखिएको थियो भने अर्कोतर्फ बैंक, भुुमादेवी र बीमा कम्पनी समेतको त्रिपक्षीय मिलेमतोमा हुँदै नभएको सामान देखाई बीमाबापत रकम समेत लिएको देखिएको थियो । भुमादेवीले काठमाडौं महानगरपालिका वडा नम्बर २९ म्हेपीस्थित ग्लोबल माउन्टेन आउट वेयर उद्योग नामक कम्पनीको नाउँमा रहेको कामनपा वडा नम्बर २९ को कि.नं. ८२ को क्षेत्रफल ३५२.२० व.मि. र सोही कित्ता नम्बर २ को क्षेत्रफल २६१ व.मि. समेत दुई कित्ता जग्गा, घर टहरा र उक्त उद्योगमा रहेको सम्पूर्ण मेसिनरी सामान, उपकरण र उक्त उद्योगको नाममा मेगा बैंकमा रहेको ऋण आठ करोड रुपैयाँ स्वीकार गर्ने, सो बापत उनले आफ्नो नाउँमा रहेको कामनपा वडा नम्बर २९ को सिट नं. १०२—१०२४—०५ सिक. नं २३२ क्षेत्रफल ०—४—२—२१४९.०४ वर्गमिटर घरजग्गा र प्रभुु बैंकमा भुुमादेवीको नाउँमा रहेको ऋण रकम एक करोड २१ लाख उत्तम कुमारले स्वीकार गर्ने सहमति भएको थियो ।

सोहीबमोजिम २०७४ मंसिर २९ मा भुुमादेवी र उत्तम कुमारको बीचमा सट्टापट्टाको शर्तनामा समेत भएको हुँदा उक्त मितिमा भएको शर्तनामाबमोजिम उत्तम कुमारको नाउँमा रहेको उद्योग, उद्योगको सम्पूर्ण मेसिनरी सामानहरु, उपकरणहरु, उद्योगसँग सम्बन्धित सम्पूर्ण कागजातहरु, उद्योगको नाउँमा रहेको उल्लिखित दुुई कित्ता जग्गा घर टहराहरु र उद्योगको नाउँमा रहेको ऋण रकम समेत मिति २०७४ पुस ४ मा नामसारी गरिदिएको थियो । तर उत्तम कुमारले एक करोड २१ लाख रुपैयाँ भुमादेवीलाई बुुझाई उनको नाउँमा रहेको उल्लिखित घरजग्गा उत्तम कुमारलाई सम्बन्धित मालपोत कार्यालयमा उपस्थित भई लिखित रजिष्ट्रेसन पास गरिदिनुुपर्नेमा मेगा बैंकबाट एक करोड ५० लाख रुपैयाँ २०७४ पुस २४ मा स्वीकृत गराई ती सम्पत्तिहरु रजिष्ट्रेसन पास नगरिदिएपछि पौडेल र उत्तम कुमारबीच खटपट सुरु भएको थियो । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com