सार्क हस्तकला प्रदर्शनी सुरु

काठमाडौं, भदौ २४
सार्क कल्चरल सेन्टरको आयोजनामा ‘सार्क हस्तकला प्रदर्शनी’ सुरु भएको छ । हस्तकलाको खुला सङ्ग्रहालय ललितपुर मंगलबजारमा भएको पदर्शनीको सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गरेका हुन् । प्रदर्शनीमा मन्त्री भट्टराईले नेपालमा निर्मित विभिन्न हस्तकलाका सामग्रीले आउँदो भ्रमण वर्ष २०२० सफल बनाउन निकै सहयोग गर्ने बताए । मन्त्री भट्टराईले नेपालमा निर्माण भएका सबै प्रकारका बेजोड हस्तकलाका सामग्रीले मुलुकमा अर्थतन्त्र भित्र्याउन एक सहयोगी भूमिका खेलिरहेको र यिनलाई विदेशका विभिन्न मुलुकका साथै नेपालका विकट क्षेत्रमा पनि लोकप्रिय बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सो मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले हस्तकला एक पुस्ताबाट अर्काे पुस्तामा पुस्तान्तरण हुनैपर्ने तथा यसको अध्ययन र अवलोकनमा जोड दिन आग्रह गरे । संस्कृति मन्त्रालय, संस्कृति महाशाखाका उपसचिव मङ्गला प्रधानले नेपालको संस्कृति संरक्षणमा चार दिनसम्म चल्ने निःशुल्क प्रदर्शनीले निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन् । ‘सार्क सेन्टरले वर्षैपिच्छे विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ’ उनले भनिन्, ‘गतवर्ष यसै अवसरमा हामीले शास्त्रीय नृत्य प्रदर्शनी गरेका थियौँ ।’ 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com