पूर्वाधार सम्मेलनको तयारी पूरा

काठमाडौं, भदौ २४
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयाजना गर्न लागेको तेस्रो नेपालपूर्वधार सम्मेलन २०१९ को तयारी पूरा भएको छ । बुधबार र बिहीबार दुई दिन राजधानी काठमाडौंमा आयोजना हुन लागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको परिसंघले जनाएको छ । लगानी बोर्ड र नेपाली युवा निर्माण व्यवसायी समुदायसमेत सह–आयोजक रहेको पूर्वधार सम्मेलन २०१९ ‘दिगो विकासका लागि मजबूत पूर्वाधार’को मूलभावसहित आयोजनागर्न लागिएको हो । सम्मेलनको नलेज पार्टनरको रूपमा ख्यातिप्राप्त परामर्शदात्री संस्था के पिएमजिले सम्मेलनको आवश्यक समन्वय गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता एवम् मित्रराष्ट्र दक्षिण कोरियाका पूर्वप्रधामन्त्रीको विशेष अतिथ्यततामा हुने उक्त सम्मेलनमा भारतका ऊर्जा तथा नवीकरणीय ऊर्जा मन्त्रालयका युनियन स्टेट मिनिस्टर राजकुमार सिंह, विश्व बैंकका उपाध्यक्ष जिगदोग ह्वा, एसियाली विकास बैंंकका महानिर्देशक वोचोग युमसहित नेपाल सरकारका वरिष्ठ मन्त्रीहरू र पूर्वाधारका अन्य निजी लगानीकर्ताहरू सम्मिलित हुने कार्यक्रम तय भएको छ । सम्मेलनको समापनमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रमुख अतिथिको रूपमा रहने परिसंघले जनाएको छ ।

सम्मेलनमा विश्व बैंक, एसियाली विकास बैंक यूएनडीपीलगायतका संस्था एवम् मुलुकभित्रका विभिन्न संस्थाहरू गरी ४० साझेदारको रूपमा छन भने ८० जनाभन्दा बढी विशेषज्ञहरूले प्रमुख वक्ताको रूपमा ५० जनाभन्दा बढी विषयगत व्यक्तिहरू रहने छन् । त्यसैगरी सातै प्रदेशका मूख्यमन्त्रीहरूले प्रादेशिक पूर्वाधारका विषयमा विषेश छलफल गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनमा प्रदेशहरूले आ–आफ्ना प्रदेशका पूर्वाधारमा निजी लगानी ल्याउन ५४ परियोजनाहरू प्रस्तुत हुनेछन् ।

विकास साझेदारका प्रमुखहरू, उपप्रमुखहरूले सो सम्मेलनमा भाग लिने गरी आयोजित दुई दिनसम्म सञ्चालन गरिने उक्त पूर्वाधार सम्मेलनमा देशभित्र र बाह्य देशहरूका पाँच सयभन्दा बढी लगानीकर्ताहरूको सहभागिता हुने आयोजकले जनाएको छ । अघिल्ला दुई पूर्वधार सम्मेलनले आगामी २०३० सम्म नेपालको पूर्वधारको अवस्था तथा अबको पूर्वधारको लागि आवश्यक थप लगानीको यकिन गर्न वृहत तथा गहन अध्ययन गर्नु पर्ने औँल्याएको थियो ।

यसैमा केन्द्रित गरी परिसंघले सर्वाङ्गिण विकास अध्ययन केन्द्रसँगको सहकार्यमा वृहत अध्ययन गरेको प्रतिवेदन पूर्वाधार सम्मेलनमा सार्वजनिक हुनेछ । यो सम्मेलन सरकारले गतवर्ष सम्पन्न गरेको लगानी सम्मेलन २०१९ को फलोअप सम्मेलनका रूपमा रहनेछ । लगानी सम्मेलनका क्रममा भएका कानुनी सुधारको गतिलाई अघि बढाउन सरकारसहित सबै सरोकारवालाहरूको थप ध्यानाकर्षण गराउने तथा लगानी सम्मेलनमा प्रस्तुत प्रस्तावित परियोजनाका लागि लगानी जुटाउनसमेत यो सम्मेलन उत्प्रेरक हुने अपेक्षा परिसंघले गरेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com