पर्खाल निर्माणका लागि एक करोड

हिमेश विक
कञ्चनपुर, भदौ २४
वेदकोट नगरपालिकाले नगर अस्पतालको पर्खाल निर्माणका लागि गत आवमा एक करोड रूपैयाँ विनियोजन गरेको छ । नगरपालिकाले वडा नं.३ दैजीमा पर्ने जयशंकर सामुदायिक वन उपभोक्ता समितिको डेढ बिघा जग्गालाई अतिक्रमण गरी नगर अस्पतालको पर्खालको लागि एक करोड रूपैयाँ विनियोजन गरको हो । रकम अस्पतालको पर्खाल र गेटको लागि खर्च गरिएको छ । उक्त अस्पतालको पर्खाल निर्माणको जिम्मा उदय निर्माण सेवाले लिएको छ । उदय निर्माण सेवाले नगरपालिकाले आह्वान गरेपछि पर्खाल र गेट निर्माणका लागि ५८ लाख ७४ हजार रूपैयाँमा नगरपालिकासँग सम्झौता गरिएको हो । उक्त निर्माण सेवा नगरप्रमुख अशोककुमार चन्दका आफन्त पर्छन् ।

नगर अस्पताल निर्माणका लागि वेदकोट नगरपालिकाले डेढ बिघा जग्गावरिपरि बाउण्ड्री निर्माणसमेत गरिसकेको छ । एक बिघा जग्गामा पर्खाल र गेट निर्माणका लागि नगरपालिकाले मनोमानी ढंगले एक करोड रूपैयाँ विनियोजन गर्दा स्थानीय जनताहरू नै चकित परेका छन् । स्थानीयहरूको भनाइअनुसार मनोपली ढंगले नगरपालिकाले सामान्य पर्खालका लागि मोटो रकम विनियोजन गराउँदा शंका उत्पन्न भएको बताउन्छन् ।’ यो विषयमा छानबिन हुन जरुरी रहेको बताउँदै आएका छन् ।

वेदकोट नगरपालिकाले स्थानीय तहको अहमतालाई देखाएर वनको ऐन/दफालाई नमानेर वन क्षेत्रभित्र अस्पतालभित्र निर्माण गर्नसमेत तम तयार रहेको छ । यो चालू आवमा पनि निर्माणाधीन अस्पतालका लागि रकम विनियोजन गरको छ । तर वेदकोट नगरपालिकाले रकमको बारेमा कुनै पनि जानकारी दिएनन् । नेपाल सरकारको मापदण्ड अनुसार आईई/ईआईई नगराई जंगलको बीचमा अस्पताल निर्माण गर्न पाउने प्रावधान छैन् । यसका लागि मन्त्रिपरिषदको निर्णय अनिवार्य रहेको चाहिन्छ ।

अस्पताल निर्माणका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य मन्त्रालयबाट अनुमति लिन जरुरी रहेको छ तर वेदकोट नगरपालिकाले गुण्डागर्दी शैलीमा अस्पताल निर्माण गर्ने तरखरमा लागि परेको छ । अस्पताल निर्माण हुँदा त्यहाँका स्थानीय बासिन्दाहरू प्रत्यक्षरूपमा लाभान्वित भएता पनि तर नगरपालिकाले बदमासी र जनताको आँखामा छारो हालेर वन अत्तिक्रमणसँगै करोडौँ रूपैयाँ चलखेल गर्न खोजिएको छ । नगरपालिकाले अस्पतालका निर्माणका लागि राष्ट्रिय योजना आयोगसँग समन्वयसमेत गरेको छैन ।

जिल्लामै रहेको डिभिजन कार्यालयसँग समेत समन्वय नगरेको कञ्चनपुर डिभिजन कार्यालयका प्रमख अजय विक्रम मान्धररले बताए । उनले भने “वनभित्रको निर्माण रोक्न नगरपालिकालाई र सामुदायिक वनलाई चिट्ठी पठाएको छ ।” यसका लागि हामी तदारुकताका साथ अघि बढ्ने जानकारी दिए । नगरपालिकाले यसरी मनोमानीरूपले जंगलमा अस्पताल निर्माणका लागि प्रक्रिया अगाडि बढाउँदा वनलाई पनि जानकारी गराउनुपर्ने तर नसोधी वन अतिक्रमण गरेर अस्पताल निर्माण गर्दा डिभिजन वनको आपत्ति रहेको उनले बताए । स्थानीय तहका जनप्रतिनिधिहरूले आफूलाई कानुनभन्दा माथि उठेर सार्वजनिक स्थानमा पनि मनोमानीरूपले कार्य गर्दै आइरहेका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com