ढल व्यवस्थापन गर्न ३२ करोड ५५ लाख बजेट

महेन्द्र शाही
सोलुखुम्बु, भदौ २४
सोलुखुम्बुको सोलुुदुधकुण्ड नगरपालिकाको बजार क्षेत्रमा ढल व्यवस्थापनका लागि थप ३२ करोड रकम स्वीकृत भएको छ । नगर क्षेत्रको ढल व्यस्थापनका लागि खानेपानी मन्त्रालयले ३२ करोड ५५ लाखको बजेट स्वीकृत गरेको हो । स्वीकृति बजेटबाट नगरपालिकाको वडा नम्बर ४ फाप्लु, वडा नम्बर ५ सल्लेरी र वडा नम्बर ६ दोर्पुबजार क्षेत्रको ढल व्यवस्थापनका लागि खर्च गरिनेछ ।

ढल निर्माण तथा प्रशोधन आयोजना नाम दिइएको कामका लागि तीनवर्षे क्रमागत बजेट कार्यान्वयनमा लैजाने गरी टेण्डर आह्वान गर्न खानेपानी मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल खोटाङलाई पत्राचार समेत गरिसकेको छ । २९ करोड ८२ लाख प्रस्तावित लागत अनुमान गरिएको आयोजनालाई बहु–वर्षीय खरिद गुरुयोजनाअन्तर्गत स्वीकृत गरिएको छ ।

आयोजनालाई चालू आर्थिक वर्र्ष २०७६/०७७ मा तीन करोड, आर्थिक वर्र्ष २०७७/०७८ मा १५ करोड र आर्थिक वर्र्ष २०७८/७९ मा बाँकी ११ करोड ८२ लाख रकम विनियोजन गर्ने तालिकामा उल्लेख गरिएको छ । आगामी तीन वर्र्षभित्र फाप्लु–सल्लेरी–दोर्पु क्षेत्रको ढलको व्यवस्थापन चुस्त हुने सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।

उनले भने, ‘अहिले पुरानो एनएमबी बैंकदेखि जेरो प्वाइन्टसम्म ढल व्यवस्थापनको काम सुरु भएको छ । अहिले स्वीकृत बजेटबाट सल्लेरीको बाँकी भाग, फाप्लु र दोर्पु क्षेत्रमा ढल व्यवस्थापनको काम हुनेछ ।’ उनले आगामी तीन वर्र्षमा बजार क्षेत्रको मुहार फेरिनेसमेत दाबी गरेका छन् । अहिले सल्लेरी–जेरोप्वाइन्टसम्म सहरी विकास विभागको पाँच करोड ८० लाख बजेटमा खानी कुवँर ब्राइट जेभिले ढल व्यवस्थापनको काम गरिरहेको छ । बर्खामा राकिएको काम ३५ प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com