सहिद स्मृति भवन निर्माण

सुबास बस्नेत
दोलखा, भदौ २४
दोलखाको बैतेश्वर गाउँपालिकामा सहिद स्मृति भवन निर्माण गरिएको छ । ३ नम्बर प्रदेशको आर्थिक सहयोगमा करिब चार सय जना अटाउने भवन निर्माण सम्पन्न भएको हो । सहिद भवन निर्माणका लागि ३ नम्बर प्रदेश सरकारले ४४ लाख बजेट उपलब्ध गराएको थियो । उक्त भवन करिब ५० लाख लागतमा भवन (हल) निर्माण सम्पन्न गरिसकेको गाउँपालिकका अध्यक्ष छवि लामाले जानकारी दिए । उक्त स्मृति भवन प्रदेश सांसद् विशाल खड्काको पहलमा उनका दाई सहिद रितबहादुर खड्काको नाममा निर्माण गरिएको हो । साथै अध्यक्ष लामाले गाँउपालिकाको कार्यलय पालिकाको केन्द्र पाडुडाँडामा सार्ने तयारी भइरहेको बताए ।

कार्यालयलाई आवस्यक पर्ने भवन निर्माण सम्पन्न भइसकेको हुँदा अबको केही समयभित्र नै गाउँपालिकाले केन्द्र पाडुडाँडा कार्यालय सारेर सेवा विस्तार गर्ने तयारीमा रहेको बताए । अध्यक्ष लामाले तत्काललाई कार्यालय सञ्चालन गर्न केही कोठा निर्माण अवस्थामा रहेको हुँदा सबै कर्मचारी र कार्यालय राख्न अपुग हुने भएकाले माथिल्लो निकायमा सहयोगका लागि अनुरोध गरिरहेको बताए । अहिले गाउँपालिकाले निर्माण गरेको पक्की भवनमा सातवटा कोठा छन् । अध्यक्ष लामाले उक्त भवन बहुवर्षीय ठेक्काका आधारमा क्रमशः थप्दै लगिने भए पनि तत्काललाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।

त्यसैगरि बैतेश्वर गाउँपालिकाले आर्थिक वर्ष ०७५/०७६ मा आन्तरिक आन्दानी राजस्व एक करोड ३१ लाख चार हजार जम्मा गर्न सफल भएको छ । गत वर्षको तुलनामा समान्यरूपमा आठ प्रतिशतले वृद्धि गर्न सफल भएको गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत अर्जुन खड्काले जानकारी दिए । उनका अनुसार पालिकाले आफ्नै कार्यालय भवन निर्माणका लागि एक करोड ९५ लाख र चिस्यान केन्द्र निर्माण गर्न ७५ लाख बजेट विनियोजन गरेर भवन निर्माणको काम तीव्ररूपमा गरिरहेको छ ।

एक करोड ९५ लाखबराबरको पालिकाको कार्यालय भवन र ७५ लाखबराबरको चिस्यान केन्द्र निर्माण पनि अन्तिम चरणमा पुगेको उनले बताए । त्यसैगरी आठवटा वडामध्ये चारवटा वडाले पनि आफ्नै भवन निर्माण सम्पन्न गरिसकेको गाउँपालिकका प्रमुख इन्जिनियर युधिष्ठिर केसीले जानकारी दिए । निर्माणाधीन अवस्था रहेका दुवै भवन अबको तीन महिनाभित्र सम्पन्न हुने छन् । बैतेश्वर गाउँपालिका केन्द्रमा आवश्यक पूर्वाधार र भौतिक संरचना निर्माणमा झण्डै तीन करोड बजेट खर्चिएको गाउँपालिकका उपाध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com