प्लाष्टिकजन्य फोहोरले जनस्वास्थ्यलाई खतरा

डा. केदार कार्की
काठमाडौँमा मात्र दैनिक चार ७० हजारदेखि चार लाख ८० हजार प्लाष्टिकका झोला दैनिक प्रयोग हुन्छ । नेपालमा १६ प्रतिशत सहरी फोहोरमैला प्लाष्टिकजन्य उत्पादनका हुन्छन् । जसबाट दुई दशमलव सात टन दैनिक प्लाष्टिकजन्य फोहोर मैला निस्कन्छ । यदि हामीले वैश्विक तहमा हे-यौँ भने अनुसनधानकर्ताको दाबीअनुसार जनसमुदायले आजसम्म नौ दशमलव एक करोड टन प्लाष्टिक उत्पादन गरेका छन् । जसमध्ये धेरैजसो प्रकृतिमा विलीन भएर जान्छन् । जसले मानव समुदाय तथा पर्यावरणलाई हानि पु-याउँछ ।

मुलुकका मुख्य महानगरपालिका, उप–महानगरपालिका, नगरपालिकाका मुख्य राजमार्गहरूमा खुलेका होटेल, रेस्टोरेन्ट रिसोर्टहरू प्लाष्टिकजन्य फोहोरमैला उत्पादनका लागि मुख्य जिम्मेवार मानिन्छन् । एक अध्ययनअनुसार उत्पादित प्लाष्टिकजन्य फोहोरमैलामध्ये आधा मात्र उचित तरिकाले तह लगाइन्छ । बाँकी हाम्रा महानगर, उपमहानगर, नगरको चोक, गल्ली र बाटामा छरपस्ट छरिएर रहेको देख्न सकिन्छ । नेपालभरि वर्षमा ५६ लाख प्लाष्टिकको फोहोर उत्पादन गर्ने लाजमर्दो क्षमता राख्दछ तर त्यसमध्ये लगभग आधा प्लाष्टिकको फोहोर राम्रोसँग संकलन हुन पाउँदैन । जसको परीणामस्वरूप हाम्रा नदीहरूको पर्यावरण दिनानुदिन गम्भीररूपबाट विषाक्त हुँदै गइराखेका छन् । वास्तवमा प्लाष्टिकको फोहोरले एक्लै नेपाल मात्र पीडित छैन बरु यो एउटा विश्वकै समस्या रहेको देखिन्छ । संयुक्त राष्ट्रसंघको तथ्यांकले यसको विभीषिका वर्णन गर्दछ ।

आज सम्पूर्ण विश्वमा प्रतिवर्ष दश खर्ब प्लाष्टिक झोला प्रत्येक मिनेट प्रयोग गरेर बाहिर फ्याँकिन्छन् । प्रष्ट छ कि यिनका अधिकांश हिस्सा न त प्रयोग नै गर्न सकिन्छ । प्रश्न यो छ कि यो फोहोरको त्यो भाग जुन संकलन हुँदैन आखिरमा जान्छ कहाँ ? वास्तवमा यो फोहोर हाम्रो धरतीमा धस्सिराखेको हुन्छ जहाँ यो सयौँ वर्षसम्म नष्ट नभई बसिरहन्छ । यस धरतीमा बाँचिराखेका अमूल्य एवम् दुर्लभ पशुपन्छीहरू, मानिसहरू र बोटबिरुवालाई मार्दछ  । यसको धेरैजसो हिस्सा नदीनाला हुँदै हाम्रा महासागरमा जाने गर्दछ । वास्तवमा यो सब पछिल्लो केही दशकबाट भइराखेको छ र यो सबै फोहोर महासागरमा गएर जम्मा हुँदै गइराखेको छ ।

महासागरहरूको स्थिति पनि यस प्रदूषणले गर्दा धेरै विस्फोटक र विनाशकारी हुँदै गइराखेको छ । सम्ववतः अधिकांश वैश्विक जगत र आधुनिक मानव समाजलाई यो एहसास छैन कि यो सम्पूर्ण सभ्यता नै पर्यावरण प्रदूषणरूपी ज्वालामुखीको मुहानमा बसेको छ । फलफूल तथा तरकारीहरू केटाकेटीको दूध खाने बोतल, पिउने पानीको बोतल, कोल्ड ड्रिङ्सको बोतल तथा अन्य पदार्थहरू पूर्णरूपमा प्लाष्टिकमा निर्भर छन् । समयको साथसाथै यी प्लाष्टिकबाट विषफिनोल रसाउन थाल्छ र यी पदार्थहरूमा मिसिएर हाम्रो शरीरमा पुग्दछ । प्लाष्टिकले हाम्रो शरीरमा कैयौँ पुस्ताहरूसम्म आफ्नो कुप्रभाव फैलाउन सक्षम हुन्छन् । प्लाष्टिकजन्य फोहोरमैला आज विश्वकै सामु परमाणु अस्त्रहरूको प्रयोगभन्दा अधिक खतरा भएर आएको देखिन्छ ।

गायर हावा र पानीबाट बनेको यस्तो प्राकृतिक भुमरी हो । जुन उत्तरी गोलार्धमा घडीको सुइहरूको दिशामा घुम्दछ । र दक्षिण गोलार्धमा विपरीत दिशामा यी भुमरीहरूको गति आफँै सुस्त हुन्छ र यो त्यही ठाउँ हो जहाँ हाम्रो सारा प्लाष्टिक जम्मा भइराखेको छ । हाम्रो वैश्विक महासागरहरूमा जम्मा पाँच गायरहरू छन् र यीनमा सबैभन्दा ठूलो गायर हो ग्रे प्रसैफिक फोहोरमैला क्षेत्र । यस गायरको कुल क्षेत्र १४ लाख किलोमिटर छ र यो विश्वले फ्याँकेको प्लाष्टिक फोहोरलाई एकीकरण गर्ने सबैभन्दा ठूलो केन्द्र मानिन्छ । आज हाम्रा माहासागरहरूमा कुल ५० लाख वर्गमिटरको सतहमा प्लाष्टिककको फोहोर तैरिराखेको छ । यो एउटा विस्फोटको स्थिति हो । जुन निरन्तर वृद्धि हुँदै छ ।

प्लाष्टिकजन्य फोहोरको दूष्परिणाम :- वास्तवमा प्लाष्टिकजन्य फोहोर धेरै जटिल हुन्छ र यो कहिले पनि नष्ट हुँदैन । यो विनास नहुने घातक फोहोरका कारण लगभग एक लाखभन्दा बढी दुर्लभ समुन्द्री जीव प्रतिवर्ष मारिन्छन् । १० लाखभन्दा बढी समुद्री पन्छीले आफ्नो ज्यान गुमाउँछन् । प्रत्येक वर्गमाइलमा कुल ६० हजारभन्दा बढी प्लाष्टिक झोला हरसमय तैरिराखेको हुन्छन् । जुन प्लाष्टिकको फोहोरलाई रिसाइक्लिङ गरिन्छ । त्यसमा हजारौँ रूपैयाँ प्रतिटन खर्च लाग्दछ । जुन त्यस्को वास्तविक मूल्यभन्दा धेरै बढी हुन जान्छ । यसैले जुन फोहोर रिसाइक्लिङ हुन्छ पनि त्यस्को कुनै ठूलो लाभ पर्यावरणलाई प्राप्त हुँदैन । सयो गायर मात्र महानगरमा होइन बरु हाम्रो शरीरमा प्रवेश गरिसकेको छ । एक अध्ययनअनुसार बिसफेनोल जसबाट प्लाष्टिक बन्छ । प्रत्येक केटाकेटी, युवा, वृद्धको शरीरमा पाइन्छ ।

हामी सबैले समयमै यसको भावि दूष्परिणामबाट बच्न सचेत हुनुपर्छ । जहाँसम्म सम्भव हुन्छ प्लाष्टिकको उपयोग नगरौँ । प्लाष्टिकजन्य फोहोर फैलिन नदिएर वातावरण सफा गरौँ । पर्यावरणका लागि धेरै नोक्सान पु-याउने प्लाष्टिकको झोलाहरूमा प्रतिबन्ध लगाउनका लागि कानुन त पहिले पनि बनाइएको छ तर यसको उपयोग प्रभावकारी हुन सकेको छैन । प्रत्येक नागरिकलाई प्लाष्टिकको दुरूपयोगबाट हुने खतराबारे सचेत गराउनुपर्छ । यो पनि आवश्यक छ कि प्लाष्टिकको उत्पादनहरूमा तत्काल प्रभाव हुनेगरी पूर्ण प्रतिबन्ध लगाइयोस् ।

बढ्दो जनसङ्ख्या र नियोजित एवम् अदूरदर्शी औद्योगिक विकाशका कारण पूरै देश प्लाष्टिकजन्य फोहोरहरूको थुप्रो बन्दैछ । कहीँकतै कुनै योजना छैन । देशको नागरिकहरूमा न त यस सन्दर्भमा आवश्यक जागरुकता नै छ र न त कुनै सजग र सर्तक प्रशासनिक संयन्त्र । सहरहरूबाट प्रतिदिन निस्कने हजारौँ टन फोहोर धरतीका लागि खतरा बनिराखेको छ । यसबाट निस्कने धुवाले पर्यावरणलाई मात्र नभई जनसमुदायको लागि पनी खतरा बन्दैछ । प्लाष्टिकजन्य फोहोर बाल्दा निस्कने विषालु ग्यास कैयौँ प्रकारको बिमारीहरूको कारण मात्र नभएर पर्यावरणलाई समेत ठूलो नोक्सान पु-याउँछ । यो धुवाँ ती मानिसहरूको लागि विशेषरूपले खतरनाक हुन्छ जो श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुन्छन् ।

सबैभन्दा खतरनाक स्थिति यो छ कि जमिनमा रहेको प्लाष्टिकजन्य फोहोर वर्षातको पानीमा मिसिएर भू–जलसम्म ती खतरनाक रसायन पु-याउँदै छ । जुन मानव जातिका लागि विनाशको कारक बन्दछ । नेपालमा आज यस्तो प्रतीत भइराखेको छ मानौँ आकाशदेखि लिएर पातालसम्म सर्वत्र फोहोरमैलाको नै एकछत्र रामराज्य छ । यसको आतंकबाट मुक्तिको कहीँ कतै कुनै बाटो देखिएको छैन । वाास्तवमा जुन बाटो बाँकी छ त्यसमा अनुशासनपूर्वक हिँड्ने सामर्थ्य देशमा अझै देखिएको छैन । अझै पनि यस समस्याबारे राज्यको नीतिनिर्माण र कार्यान्वयन तहका साथै सबै सरोकारवालाले नसोच्ने हो भने आउँदा दिनमा यसको दूष्परिणाम आजको पुस्ताले मात्र होइन भावी पुस्ताले पनि भोग्नु पर्ने हुन्छ । भनिन्छ आगोले दैवलाई पनि चिन्दैन दैत्य, राजा र रङ्कलाई पनि चिन्दैन । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com