डिशहोमको ‘फन्ड ट्रान्सफरबाट रिचार्ज गरी खुसी वर्षभरि’ योजना

काठमाडौं, भदौ २४
डिशहोमले ग्राहकहरुको सेवा सुविधाका लागी विभिन्न समयमा प्रदान गर्ने विभिन्न अफरहरु सार्वजनिक गर्दै आइरहेको छ । कम्पनीले यसपालि डिशहोम फण्ड ट्रान्सफर सेवामार्फत तीन महिना, छ महिना र वार्षिक रिचार्ज गर्दा भारी छुटसहितको विभिन्न प्याकेजहरु सार्वजनिक गरेको छ । अनलाइनमार्फत सजिलै विना कुनै झन्झट ग्राहकको सेट टप बक्स रिचार्ज गर्न मिल्ने फण्ड ट्रान्सफर सेवामार्फत तीन महिना छ महिना र १२ महिनाको लागि रिचार्ज गर्न सकिन्छ । फण्ड ट्रान्सफर सेवामार्फत एकमुष्ट रिचार्ज गर्दा ग्राहकहरुलाई महिनैपिच्छे रिचार्ज कार्ड किनेर रिचार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्छ भने वार्षिक रिचार्ज गर्दा भारी छुट पनि प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

साथमा फण्ड ट्रान्सफर सेवामार्फत रिचार्ज गर्दा विभिन्न एड अन प्याकेज पनि छानी छानी लिन सकिन्छ । जुन सुविधा रिचार्ज कार्ड वा अन्य सेवा प्रदायकमार्फत रिचार्ज गर्दा प्राप्त हुनेछैन । तीन महिनाको रिचार्जमा एक महिना, छ महिनाको रिचार्जमा दुई महिना र १२ महिनाको रिचार्जमा चार महिनाको लागि मन परेको कुनै एक एड अन प्याकेज छानी छानी लिन सकिन्छ ।

वार्षिक रिचार्ज गर्दा पहिले चार हजार दुई सयमा हेरिरहेको बेसिक प्याकेज तीन हजार छ सय रुपैयाँमा नै हेर्न सकिने कम्पनीले जनाएको छ । यस्तै मिडियम प्याकेज चार हजार आठ सयको सट्टा चार हजार दुई सय, बेसिक प्लस पाँच हजार एक सयको सट्टा चार हजार पाँच सय, मिडियम प्लस पाँच हजार सात सयको सट्टा चार हजार नौ सय ९८ रुपैयाँ, सुपर एचडी छ हजारको सट्टा चार हजार नौ सय ९९, प्रिमियम एचडी सात हजार दुई सयको सट्टा पाँच हजार सात सय ९९ र लाइफस्टाइल एचडी १० हजार आठ सयको सट्टा आठ हजार चार सय रुपैयाँमा नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

फण्ड ट्रान्सफर सेवा डिशहोमको नेपालभरका आधिकारिक बिक्रेता, डिलर र सबडिलरमा उपलब्ध छ । डिशहोमले आफ्नो स्थापनाकालदेखि नै पे टिभी इन्डष्ट्रिमा ग्राहकहरुलाई गुणस्तरीय र भरपर्दाे सेवा प्रदान गर्दै आएको छ । डिशहोमले नेपालमा सञ्चालित पे टिभी सेवा सञ्चालकहरुमध्ये उत्कृष्ट पिक्चर क्वालिटी र गुणस्तरीय सेवा प्रदान गरिरहेको दाबी समेत गरेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com