ए सिरिजका नयाँ फोन ल्याउने ओप्पोको तयारी

काठमाडौं, भदौ २४
ओप्पोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिकगर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा ‘ए९ २०२०’ र ‘ए५ २०२०’ रहेका छन् । मध्यमवर्गीय स्मार्टफोन बजार लक्षित ओप्पोका आगामी उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्री पनि उपलब्ध गरिएको छ ।

ओप्पो ए सिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेसन–जी युवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ । विगत १० वर्षदेखि ओप्पो ओभरसिज बजारहरुमा सक्रिय छ । ओप्पो ए सिरिजलाई वैश्विक बजारमा उपभोक्ताहरुले अत्यधिक रुचाएका पनि छन् ।

सन् २००९ मा पहिलो ए सिरज मोडल, ए१०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि अतुलनिय मौखिक लोकप्रियताका साथमा रुचाइएको छ । विगता १० वर्षमा अत्यधिक युवाजमातले ओप्पो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेका छन् । तिनले स्मार्टफोनको प्रयोगबारे जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँ तरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ती सम्भावना समेत औँल्याउन सघाएको छ । ओप्पोले समय सान्दर्भिक नयाँ मोबाइल ट्रेण्ड्ससंग परिष्कृतीकरण पनि अपनाउँदै गएको छ ।

अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्र सिमित नरही व्यक्तिगत सहयोगीका रुपमा समेत स्थापित हुँदै गइरहेको छ । जीवनमा उत्कृष्टताको खोजी गर्दा गर्दै सम्झौता गर्नुपर्ने बाध्यताको अनुभव गरिरहेका युवाजमातका लागि ओप्पो ए सिरिज २०२० ले थप सम्भावना प्रशस्त गरिदिएको छ । यसमा ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उपभोक्तालाई उत्कृष्टताको अनुभवका लागि मार्ग खुल्ला गरिदिएको छ ।

ए सिरिज २०२० नामसहित सार्वजनिक हुने तयारीमा रहेको यो मोबाइल नयाँ दशकको सुरुवात र मोबाइल प्रयोगकर्ताका नयाँ पुस्तालाई स्वागत गर्ने सोचका साथ भित्राउने तयारी थालिएको हो । त्यसैगरी नयाँ नामले अत्याधुनिक प्रविधिको प्रतिनिधित्व पनि गर्छ । उत्पादनको सार्वजनिक मिति हालका लागि नतोकिएको भए पनि नजिकिँदै गरेको दशैंलक्षित गर्दै फोन सार्वजनिक हुने बताइएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com