फर्निचर एक्स्पोको उद्घाटन उपराष्ट्रपतिले गर्ने

काठमाडौं, भदौ २४
फर्निचर तथा फर्निसिङ एक्स्पोको सबै तयारी पूरा भएको फर्नेक्सको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । संघका महासचिव तथा सूचना अधिकारी ओम बस्नेतका अनुसार बुधबार उपराष्ट्रपति नन्दकिशोर पुनले एक्स्पोको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘उपराष्ट्रपतिज्यूले बुधबार दिउँसो १ बजे एक्स्पोको उद्घाटन गर्ने निश्चित भएको छ । सोहीअनुसार हामीले एक्स्पोको सबै तयारी पूरा गरेका छौं । विगत वर्षहरुजस्तै यसपटक पनि अवलोकनकर्ताको उल्लेख्य सहभागिता हुने हाम्रो अपेक्षा छ’, बस्नेतले भने । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुँदै छ ।

एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले एक्स्पोको सबै तयारी पूरा भएको बताए । ‘विगत वर्षको तुलनामा अझै परिष्कृत रु.पमा एक्स्पोको तयारी गरिएको छ । एक सय २० भन्दा बढी प्रदर्शकले एक्स्पोमा सहभागिता जनाउँदै छन्’, प्रधानले भने । फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज प्रा.लि, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको सपोर्ट छ । त्यसैगरी यस एक्सपोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एसोसिएसनको पनि सपोर्ट छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको भनाइ छ । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेसिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्नेछ । फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पु¥याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com