सलाम एयरले दैनिक काठमाडौं–ओमान उडान गर्ने

काठमाडौं, भदौ २४
सलाम एयरले दैनिक काठमाडौ ओमान उडान सुरु गरेको छ । कम्पनीले यसअघि हप्ताको तीन दिनमात्रै उडान भर्दै आएको थियो । नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै कम्पनीले त्यसलाई सहयोग गर्न हप्ताको सातै दिन उडान भर्न सुरु गरेको जनाएको छ । सलाम एयरको नेपाल जीएसए आइएमई ट्राभलद्वारा आइतबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा उक्त विषयमा जानकारी प्रदान गरिएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले सलाम एयरको उक्त निर्णयले ‘पर्यटन वर्ष २०२०’लाई सफल बनाउन सहयोग पु-याउने बताए । नेपालमा आउने पर्यटकहरूको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको बताउँदै मन्त्री भट्टराईले ‘पर्यटन वर्ष २०२०’ को अवसरमा एयर लाइन्स कम्पनीहरूको व्यापार–व्यवसाय प्रवर्द्धनमा थप योगदान पुग्ने उल्लेख गरे ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सलाम एयरको सेवा विस्तारपछि वैदेशिक रोजगारीका क्रममा मध्यपूर्व लगायत विश्वमा रहेका नेपालीहरूलाई थप सेवा उपलब्ध हुने बताउँदै विदेशी पर्यटक भित्र्याउन समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताए । आइएमई ग्रुपका प्रबन्धनिर्देशक हेमराज ढकालले सलाम एयरको सेवा विस्तारसँगै आगामी वर्ष एक लाख पर्यटकलाई सेवा दिने कम्पनीले लक्ष्य लिएको बताए ।

सलाम एयरका कमर्सीयल डाइरेक्टर माजीन अल सलमानीले मध्यपूर्वमा धेरै नेपाली वैदेशिक रोजगारीमा रहेका र नेपाल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य मुलुक भएको कुरालाई ध्यान दिएर आइएमई ग्रुपसँगको सहकार्यमा हवाइ सेवा विस्तार गरिएको जानकारी दिए । सलाम एयरका हेड अफ सेल्स मोहम्मदअल देसुकीले आइएमई ट्राभल जस्तो विश्वसनीय व्यवसायीक साझेदार नेपालमा पाइएकाले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न सहज हुने बताए । कार्यक्रममा पर्यटन सचिव केदार बहादुर अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्री, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङ्ग लगायतका विशिष्ट व्यक्तित्वहरूले शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा एक्सेल, हार्भेस्ट मुन, हेल्लो, लाइट, मेचीकाली, मुस्कान, ओपन वे, प्रयास, रसिता र सी लिंक गरी कुल दश ट्राभल एण्ड टुर्स एजेन्टहरुलाई सम्मानित गरिएको थियो । नेपालको पर्यटन प्रवद्र्धनमा सबैलाई प्रोत्साहन मिलोस् भन्ने मुख्य उद्देश्यका साथ सलाम एयरले आफ्नो काठमाडौं उडानको एक वर्ष पुग्नै लागेको अवसर पारेर दश ट्राभल एजेन्सीहरुलाई सम्मान गरेको आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत विनोद सापकोटाले जानकारी दिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com