हङकङमा पर्यटकीय आगमन ४० प्रतिशतले घट्यो

 

 

हङकङ, भदौ २४
हङकङमा केही महिनायता सुपुर्दगी विधेयकलाई लिएर सुरु भएको प्रदर्शन साम्य नहुँदा त्यसले पर्यटनमा ठूलो असर गरेको छ । बीबीसीका अनुसार अगष्ट महिनामा सरकारविरोधी प्रदर्शनले पर्यटकीय आगमन ४० प्रतिशतले घटेको देखिएको हो । हङकङका वित्त सचिव पल चानले एक ब्लगपोष्टमा पर्यटकको संख्या ४० प्रतिशतले घटेको बताएका छन् । वर्षगत रुपमा उक्त तथ्यांक ५ प्रतिशतले घटेको हो । गत वर्ष हङकङ विश्वकै धेरै पर्यटकीय आगमन हुने सहरमध्ये एक भएको थियो । उक्त वर्ष ३ करोड पर्यटकले हङकङको भ्रमण गरेका थिए ।

हङकङमा केही महिनायता सुपुर्दगी विधेयकविरुद्ध चर्किएको प्रदर्शन अहिले पनि जारी रहेको छ । मूलभूमि चीनलाई कुनै पनि अपराधमा संलग्न व्यक्ति सुपुर्दगी गर्न सकिने विधेयक संसदमा प्रस्तुत भएसँगै त्यसको विरोध सुरु भएको थियो । यद्यपि केही दिनअघि मात्रै सरकारले उक्त विधेयक रद्द गरिसकेको छ । चर्किँदो प्रदर्शनले त्यहाँको अर्थतन्त्रलाई समेत नकारात्मक असर पारेको छ । खासगरी पर्यटन र खुद्रा क्षेत्र विरोध प्रदर्शनको मारमा परेका छन् ।

प्रदर्शनकारीले त्यहाँको रेलवे, विमानस्थलमा समेत धेरै दिन अवरोध पु-याएका थिए । परिणामस्वरुप सयौँ उडान रद्द गर्नुपरेको थियो । हङकङको होटल बुकिङ समेत ह्वात्तै घटेको छ भने घरको मूल्य ७० प्रतिशतले घट्न पुगेको छ । चानका अनुसार विरोध प्रदर्शनले हङकङको विश्वमा नकारात्मक पहिचान समेत बनेको छ । केही अर्थशास्त्रीले भने विरोध प्रदर्शन र चीन–अमेरिका व्यापारिक तनावले हङकङको अर्थतन्त्र मन्दीतर्फ जाने चेतावनी दिएका छन् ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com