निसान प्रमुखले राजीनामा गर्ने

टोकियो, भदौ २४
जापानी सवारीसाधन निर्माता कम्पनी निसानका प्रमुख कार्यकारी हिरोतो साइकावाले अर्को हप्ता राजीनामा गर्ने भएका छन् । हिरोतोले ‘पे स्क्यान्डल’लाई लिएर राजीनामा गर्ने भएका हुन् । बीबीसीका अनुसार सोमबार बसेको कम्पनीको बोर्ड बैठकलगत्तै यो सूचना बाहिरिएको हो । यसअघि उनले जापानी मिडियासँग कुरा गर्दै मार्गप्रशस्त गर्ने जनाएका थिए । बोनस स्किमको रुपमा धेरै पैसा लिएको विषयलाई लिएर उनी दबाबमा परेका थिए ।

यद्यपि उनले गलत काम गरेको भने स्वीकारेका छैनन् । बोर्ड प्रमुख यासुशी किमुराले साइकावाले सेप्टेम्बर १६ मा राजीनामा गर्ने बताइसकेका छन् । बोर्ड छलफलपछि साइकावाले पद छोड्ने बोर्ड प्रमुख किमुराले जानकारी दिएका हुन् । उनको पदस्थापन कोही राम्रो व्यक्तिले अर्को महिनासम्ममा गर्ने बताइएको छ । त्यतिन्जेलसम्म प्रमुख सञ्चालन अधिकृतले साइकावाको स्थान लिनेछन् ।

साइकावाले सन् २०१३ मा थप सेयर अप्सन पेमेन्टको हजारौँ डलर लिएको आरोप लागेको छ । ६५ वर्षीय साइकावाले कम्पनीको नाफा घटेको तथ्यांक सार्वजनिक भएलगत्तै पद छोड्ने संकेत गरेका थिए । गाडीको बिक्री घटेपछि कम्पनीले विश्वभरबाट १२ हजार ५ सय रोजगारी कटौती गर्ने योजना सार्वजनिक गरिसकेको छ । पछिल्लो दुई प्रमुख कार्यकारी विवादमा परेका छन् । साइकावाभन्दा अघि प्रमुख रहेका कार्लोस गोसन पनि विवादमा परेका थिए ।

उनी नोभेम्बरमा पक्राउ नै परेका थिए । उनले पनि आफूले नराम्रो काम गरेको अस्वीकार गर्दै आएका छन् । गोसनले नै रेनल्ट र निसानले मिलेर काम गर्ने योजना बनाएका थिए । एकपछि अर्को विवादमा परेपछि दुई चर्चित सवारीसाधन निर्माताको सहकार्यको योजना पनि धरापमा परेको विश्वास गरिएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com