भारतीय खाताबारे स्विस बैंकद्वारा जानकारी दिन सुरु

नयाँ दिल्ली, भदौ २४
स्विस बैंकमा पैसा राख्ने भारतीयहरुबारे बैंकले भारतलाई जानकारी दिन सुरु गरेको छ । नवभारत टाइम्सका अनुसार स्विटजरल्यान्डले स्वचालित व्यवस्थाअनुसार यो महिना पहिलोपटक भारतलाई जानकारी दिएको छ । स्विस बैंकले दिएको जानकारीबारे विश्लेषण सुरु हुने बताइएको छ । बैंक खाता भएका सबै भारतीयको जानकारी पाउने भारतले आशा गरेको छ ।

यो सूचना भारतबाट हुने सम्भावित कारबाहीबाट बच्न कतिपयले खाता बन्द गरेको विषयसँग जोडिएको बताइएको छ । स्विस सरकारले बैंकलाई जानकारी दिन भनेपछि बैंकले भारतलाई पहिलोपटक सूचना पठाएको बताइएको छ । भारतलाई प्राप्त सूचनामा कारोबारको सम्पूर्ण विवरण रहेको बताइएको छ ।

सूचनामा सन् २०१८ मा एक दिन मात्रै सक्रिय भएको खाताको पनि उल्लेख गरिएको बताइएको छ । यसले अघोषित रुपमा विदेशी बैंकमा पैसा राख्ने भारतीयविरुद्ध कारबाही हुनसक्नेछ । बैंक अधिकारीहरुले दक्षिण पूर्वी एसिया, अमेरिका, बेलायत र केही अफ्रिकी तथा केही दक्षिण अमेरिकी देशमा बसोबास गरिरहेका भारतीय व्यवसायीसँग सम्बन्धित रहेको बताइएको छ ।

गत वर्ष विदेशमा पैसा राख्ने नागरिकको खोजी भएपछि कतिपयले बैंकमा रहेको खाता बन्द गरेको विश्वास गरिएको छ । तर अहिले भारतले प्राप्त गरेको सूचनामा सन् २०१८ मा बन्द भएका खाताबारे पनि उल्लेख रहेको छ । साथै बैंकले एक सय भारतीयसँग आबद्ध खाता बन्द भएको जनाएको छ । जुन सन् २०१८ अघि नै बन्द भएका थिए । यसबारे पनि जानकारी उपलब्ध गराउने स्विट्जरल्यान्डले जनाएको छ । उक्त खाताहरु रसायन, लत्ताकपडा, घरजग्गा, रत्न तथा आभूषणजस्ता कारोबारसँग सम्बन्धित रहेका छन् । त्यस्तै ती खाताहरु राजनीतिक सम्पर्क राख्ने व्यक्तिको भएको बताइएको छ । (आर्थिक दैनिकबाट)


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com