सञ्जय दुगडलाई उपस्थित गराउन महानगरीय प्रहरीलाई पत्र

काठमाडौं, भदौ २५
जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरीय प्रहरीपरिसर टेकुलाई एक पत्र लेख्दै दुगड ग्रुपमध्येका एक सञ्चालक सञ्जय दुगडालाई खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागमा उपस्थित गराउन आदेशयुक्त पत्र काटेको छ । गत असार १२ गते विभागले प्रशासन कार्यालयमा पठाएको पत्र संख्या २०७५/०७६ चलानी नम्बर १३६५ को गत साउन ११ गते उपस्थित हुनेसम्बन्धीको पत्रका आधारमा सो पत्र महानगरीय प्रहरी परिसर टेकुलाई पठाएको जनाएको छ ।

प्रशासनले पत्रसंख्या २०७६/०७६ को चलानी नम्बर ३०६३ नम्बरको पत्र परिसरमा पठाएको हो । उक्त ग्रुपद्वारा उत्पादन हुँदै आएको ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरल वाटर पानी खान अयोग्य भएको प्रमाणित भएको भन्दै दुगडलाई नै उपस्थित गराई कारबाही अगाडि बढाउनु भन्दै सरकारी वकिलको कार्यालयबाट फाइल विभागमा फिर्ता भएपछि सो पत्र विभागले प्रशासनमा पठाएको थियो ।

दुगडले उत्पादन गरेको पानीको ल्यापटेस्टबाट गुणस्तरहीन भएको प्रमाणित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले गरेको थियो । गुणस्तरहीन भएको पानी बजारमा बिक्रीवितरण भएपछि विभागले आक्वा मिनीरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडलाई उपस्थित हुन पत्र काटेको थियो । उद्योग, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार कुनै पनि कम्पनीले उत्पादन गरेका र प्रत्यक्ष जनस्वास्थ्यसँग सरोकार राख्ने वस्तुमा कैफियत भेटिएमा, गुणस्तरहीन भएमा र नाङ्गो आँखाले हेर्दा अखाद्य वस्तु भेटिएमा त्यस्ता कम्पनीको उत्पादनमा रोक लगाई थप अनुसन्धान गरी प्रमाणित भएमा कारबाही हुने व्यवस्था रहेको छ ।

दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरलवाटर पानी खान अयोग्य भएको प्रमाणित विभागले गरेको थियो । गुणस्तरहीन भएको पानी बजारमा बिक्रीवितरण भएपछि विभागले आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसी दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडलाई विभागमा उपस्थित हुन पत्र समेत काट्दै आएको थियो । सञ्जय दुगड नेपालबाहिर बस्दै आएका कारण उनलाई विभागले भेट्न समेत सकेको छैन ।

एचसी दुगड ग्रुपद्वारा उत्पादन गरेको ‘के ०१८ ब्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिने गरी किरा (साङ्ला) भेटिएको विभागको भनाइ छ । खाद्य ऐन २०७५ को दफा १८ ‘ग’ मा उल्लिखित उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तु वा सेवा उत्पादन वा बिक्री गर्नेको कसुर दफा १८ विपरीत हुने गरी काम गरे वा गराएमा कारबाही हुने कानुनमा उल्लेख छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com