जुुम्बा प्रतियोयोगितामा भिआर फिटनेस पहिलो

भक्तपुर, भदौ २५
खुला जुुम्बा प्रतियोगितामा भीआर फिटनेशले पहिलो उपाधि हात पारेको छ । भक्तपुर जिल्लामा नै पहिलो पटक आयोजना भएको प्रतियोगितामा भीआरले अन्य सातवटा समूहलाई पछाडि पार्दे उपाधि हात पारेको हो । भीआर पिीटनेश लोकन्थली नै आयोजक रहेको उक्त प्रतियोगितामा सातवटा समूहले भाग लिएका थिए । प्रतियोगीतामा अल्टिमेट फिजिकल फिटनेश मध्यपुरले फस्ट रनर अपको उपाधि पाएको थियो भने स्टार जुम्बा इमाडोलले सेकण्ड रनर अपको उपाधि जितेको थियो ।

आयोजक संस्था भीआर फिटनेशका अध्यक्ष रमेश प्याथका अनुसार उपाधि बिजेताहरूमध्ये प्रथम हुुनेलालाई समाजसेवी तथा खेलाडी रबि राणाले आफ्नो तर्फबाट २५ हजार नगद पुरस्कार प्रदान गरेका थिए । यसैगरी फस्ट रनर अप अल्टिमेट र सेकेण्ड रनर अप स्टार जुम्बालाई महेशराज कुँवरले क्रमशः १५ हजार र पाँच हजार नगद पुरस्कार प्रदान गरेका थिए । विजयी सबै समूहका लागि अजय श्रेष्ठले अवार्ड प्रदान गरेका थिए ।

प्रतियोगीतको निर्णायकमा शोभा गुरुङ, छिरीङ लामा, सम्झना सुब्बा, मेनका राई र कुन तामाङ रहेका थिए । प्रतियोगीताको उद्घाटन सत्रमा नेपाली कांगे्रसका नेता अष्टकुमार कबें, समाजसेवी, खेलाडी तथा नेता रबि राणा, महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायब उपरीक्षक शान्तिराज कोइराला, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, आयोजक संस्था भीआर फिटनेशका अध्यक्ष प्याथलगायतले स्वस्थ जीवन र उन्नतिको मार्ग खेलकुद र मनोरन्जन भएको धारणा सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com