सोलुखुम्बुकोे वेबसाइट प्रयोगविहीन सुबास बस्नेत

महेन्द्र शाही
सोलुखुम्बु, भदौ २५
जिल्ला समन्वय समिति सोलुखुम्बु वेबसाइट अद्यावधिक गराउने सवालमा कमजोर देखिएको छ । जनतालाई सहज सूचना प्रदान गर्न सरकारी कार्यलयहरूको हरेक गतिविधि वेबसाइटमा राख्नु पर्ने भए पनि समन्वय समितिको वेबसाइट लामो समयदेखि अद्यावधिक नगरेको पाइएको हो । तत्कालीन जिल्ला विकास समितिको उक्त वेबसाइटमा नयाँ संरचनाअनुसार नाम मात्र परिवर्तन भएको छ भने गतिविधिहरू भने पुरानै रहेका छन् । समन्वय समितिको वेबसाइटमा अहिले पनि जिल्ला आर्थिक वर्ष २०७२÷०७३ अन्तिम लेखा परीक्षण गर्नेसम्बन्धी सूचना राखिएको छ भने सूचनाहरूसमेत जिल्ला विकास समिति हुँदाताकाकै राखिएको छ । उक्त वेबसाइटमा समन्वय प्रमुखको नाम अद्यावधिक गरिएको छ न त अहिलेका समन्वय अधिकारीको नाम नै अद्यावधिक गरिएको छ ।

नयाँ संरचनामा जिल्ला समन्वय समिति गठन भएको दुई वर्ष बितिसक्दासमेत वेबसाइट भने पुरानै अवस्थामा रहेको छ । अहिले पनि जिल्ला विकास अधिकारी भनेर कृष्णप्रसाद सापकोटाको नाम नै वेबसाइटमा राखिएको छ । त्यस्तै वेबसाइटमा २०७२ साल फागुन ९ गते प्रकाशित २४औँ जिल्ला परिषद्को सूचना राखिएको छ । जुन सभा २०७२ को फागनु १५ र १६ गते सम्पन्न भइसकेको छ ।

स्थानीय तहको पुनर्संरचना भएर नगरपालिका र गाउँपालिका भइसकेको अवस्थामा पनि वेबसाइटमा भने गाउँ विकास समितिको फ्रोफाइल भनेरै राखिएको छ । जब कि स्थानीय पुनर्संरनचा भएको तीन वर्ष पुगिसकेको छ । यस विषयमा समन्वय अधिकारी गोपालप्रसाद रेग्मीले काम कारबाही केही नभएकाले अद्यावधिक हुन नसकेको जवाफ दिए । भूमिकाविहिन र कर्मचारी नभएकाले अद्यावधिक नभएको उनको भनाइ छ । कर्मचारी नभएको र अबको १२–१५ दिनपछि अद्यावधिक गरिने उनले बताए । यता ओखलढुङ्गाको जिल्ला समन्वय समितिको वेबसाइट पनि अद्यावधिक नभएको पाइएको हो । जिल्ला समन्वय समिति लेख्नुबाहेक अन्य कुनै पनि कार्य नभएको पाइएको हो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com