मेट लाइफले ग्राहकको व्यतित बीमालेख पुनर्जागरण गर्ने

 

काठमाडौं, भदौ २५
मेट लाइफ नेपालले आफ्ना बीमितहरूका लागि पुनर्जागरण अभियान सञ्चालन गरेको छ । कम्पनीका अनुसार यो अभियानसँगै कम्पनीले व्यतित बीमा लेखहरूको बक्यौता बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशतदेखि एक सय प्रतिशतसम्म छुट प्रदान गरेको छ । सो अवधिभर बीमितहरूले आफ्नो व्यतित जीवन बीमा लेखहरूलाई पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ५० प्रतिशतदेखि एक सय प्रतिशतसम्म छुट प्राप्त गरी जीवन बीमालाई निरन्तरता दिन सक्दछन् ।

 

व्यतित अवधि पाँच वर्षभित्रका व्यतित बीमा लेखहरूको हकमा कुनै पनि विलम्ब शुल्क लाग्ने छैन । व्यतित अवधि पाँच वर्षभन्दा बढी भएको व्यतित बीमालेखमा विलम्ब शुल्कमा ५० प्रतिशत छुट हुनेछ । कम्पनीका अनुसार तीन किस्ते भुक्तानी, इण्डोमेन्ट, शिक्षा संरक्षण र सुभविष्य बीमा आजीवन आय बीमालगायतका योजनाहरूमा छुुटसम्बन्धी व्यवस्था लागू हुुनेछ ।

 

मेट लाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठ भने यो अभियान मेट लाइफको ग्राहकलाई व्यतित बीमालेख पुनर्जागरण गरी आफनो र आफ्नो परिवारलार्ई सुरक्षित राख्न सहयोग गर्नेछ । यसका साथै हामीले पुनर्जागरण प्रक्रियालाई सरलीकृत पनि गरेको छ । यो अभियान यही भदौ २४ गतेदेखि चालू भएर सिमित अवधिको लागि हुनेछ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com