मुक्तिनाथ विकास बैंकद्वारा छात्रवृत्तिको लागि रकम सहयोग

 

काठमाडौं, भदौ २५
मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरूको लागि रकम सहयोग गरेको छ । बैंकले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कर्णाली प्रदेश पर्यटकीयतथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटलाई कालिकोट सामुदायिक विद्यालयको विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न समावेशीताको आधारमा गरिब, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवासीलाई एसईई परीक्षा पास भई काठमाडौंमा अध्ययन गर्न इच्छुक छ जना विद्यार्थीहरूलाई छात्रवृत्तिको लागि तीन लाख रूपैयाँ आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल गुरुङले कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राजशाहीलाई हस्तान्तरण गरेका हुुन् । हालै बैकले आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियान सञ्चालन गरेको बैंकले जनाएको छ ।

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com