आइएमई लाइफको एजेन्सी मेनेजर सम्मान

 

काठमाडौं, भदौ २५
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी म्यानेजर सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीको बिहीबार काठमाडौँको चन्द्रागिरिस्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न गरेको जानकारी दिएको छ ।

कार्यक्रममा आर्थिक वर्ष २०७५/७६ मा महत्वपूर्ण योगदान पु-याएका मूल्यवान एजेन्सी मेनेजरलाई सम्मान गरिएको थियो । कार्यक्रममा कम्पनीका सातै प्रदेशका प्रदेश प्रमुख, कम्पनीका विभागीय प्रमुख र शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अध्यक्ष अर्यालले कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरूलाई बधाई तथा शुभकामना दिई अभिकर्ताहरूको बीमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने विषय जानकारी दिँदै आगामी दिनमा बीमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए ।

त्यसैगरी कम्पनीका सञ्चालक समितिका सदस्य अश्वीनीकुमार ठाकुरले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिए । सो कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई यस कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकूल अभिकर्ता लक्षित गरी विभिन्न प्रकारका योजनाहरू ल्याउने गरेको जानकारी दिए । सो अवसरमा सम्पूर्ण अभिकर्ताहरूलाई व्यवसाय अभिबृद्धि हुने प्रकारको उत्प्रेरणात्मक कार्यक्रम पनि अयोजना गरीएको थियो । कार्यक्रमले विभिन्न घोषणाहरू पारितसमेत गरेको जानकारी दिएको छ । 

 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com