पर्यटन बोर्डद्वारा फोटो नेपालको शुभारम्भ

काठमाडौं, भदौ २५
नेपाल पर्यटन बोर्डले निर्माण गरेको फोटोनेपाल डट ट्राभलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुभारम्भ गरेका छन् । बोर्डले राजधानीमा आयोजना गरेको एक कार्यक्रमका बीच मन्त्री भट्टराईले फोटो नेपालको शुभारम्भ गरेका हुन् । नेपाल पर्यटन बोर्डले विगत चार वर्षदेखि नियमित रुपमा फोटो नेपाल प्रदर्शनीको आयोजना गरिरहेको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले फोटोनेपाल डट ट्राभलको शुभारम्भसँगै फोटोमार्फत देशको प्रवर्द्धन गर्ने बोर्डको अभियान अर्को चरणमा प्रवेश गरेको बताए ।

उनले फोटो नेपालबाट फोटोग्राफरका लागि आफ्नो फोटो प्रदर्शन गर्ने राम्रो प्लेटफर्म, विज्ञ, वरिष्ठदेखि लिएर सिकिरहेका सम्मलाई फोटो देखाउन र प्रतिक्रिया लिन सहज हुने, नेपालका विविध फोटोहरु खोज्न सहज हुने, वेभसाइटमा भएको सर्च फिचर प्रयोग गरेर आफूलाई चाहेको फोटो खोज्न सकिने, फोटोहरुलाई सामाजिक सञ्जालमा सेयर गर्न सकिने बताए । प्रयोगकर्ताको कपिराइट सुरक्षित बनाइएको छ । विषयवस्तुको अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गर्न सकिने प्लेटफर्म मात्र नभएर पर्यटन बोर्डले समय–समयमा आयोजना गर्ने प्रतिस्पर्धात्मक कार्यक्रममा भाग लिन मिल्ने उनले बताए । वेभको सम्बन्धनले गर्दा कुनै पनि कन्टेन्ट तुरुन्तै उपलब्ध हुने, प्रयोगकर्ता तथा फोटोको आवश्यकता भएका व्यक्ति विचको सिधै सम्बन्ध स्थापित गरिएको बोर्डले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com