शाओमीद्वारा एमआई ए३ सार्वजनिक

काठमाडौं, भदौ २५
शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एन्ड्रोइड वान–पावर्ड फोनको लाइनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए३ सार्वजनिक गरेको छ । अघिल्लो एमआई ए२ एन्ड्रोइड स्मार्टफोनको सफलता पश्चात यस फोन सार्वजनिक गरिएको हो । एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन एमआई ए२ को कार्यात्मक पक्षलाई कायम राखेर एमआई ए३ मा नयाँ डिजाइन समावेश गरिएको छ ।

यस फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोलिड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रीपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । सबै एमआई ए सिरिज स्मार्टफोनहरुमा गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा संचालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ । एन्ड्रोइड वानबाट संचालित प्रत्येक एमआई ए सिरिज उपकरणले स्टीलर क्यामेराको अनुभव प्रदान गर्दछ ।

एमआई ए३ मा सोनीको ४८एमपी आईएमएक्स५८६ सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सरजस्ता विशेषताहरु रहेको छ । ४८ एमपी ठुलो आधा–इन्च सेन्सरले इमेजको गुणस्तर कायम राखेर अधिकतम विवरण संकलन गर्ने अनुमति प्रदान गर्दछ । क्यामेराको अनुभव अझै बढाउन, एमआई ए३ मा पहिलो पटक एमआई सिरिजमा शाओमीको लोकप्रिय स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड राखिएको छ । 

४८ एमपी क्यामेरा बाहेक एमआई ए३ मा ३२ एमपी फ्रन्ट क्यामेरा रहेको छ जुन विश्वकै उच्च मेगापिक्सेल क्यामेरा सेटअपमा गनिन्छ । ३२ एमपी क्यामेरामा सुपर पिक्सेल साइज १.६ एमएम रहेको छ । यसले कम प्रकाशमा पनि क्रिस्प र विस्तृत सेल्फीको अनुमति दिन्छ । एमआई ए३ मा ए सिरिजको कार्यक्षमतालाई सन्तुलनमा राख्दै नयाँ उच्चस्तरीय डिजाइनलाई मुर्त रुप दिइएको छ । यसमा वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन जस्ता विशेषता रहेको छ ।

१५.६ सीएम (६.०८) सुपर एमोलिड डिस्प्ले उच्च पावर दक्षताको इमर्सिभ दृश्यको अनुभव प्रदान गर्दछ । ७ जेनेरेसन इन–स्क्रिन फिंगरप्रिन्ट स्क्यानरले १५ प्रतिशत फिंगरप्रिन्ट डिटेक्शन क्षेत्रलाई वृद्धि गरेर अघिल्लो जेनेरेसन भन्दा ३० प्रतिशत बढि प्रभावशाली रहेको छ । ट्रीपल क्र्नीङ गोरिला ग्लास ५ ले एमआई ए३ को फ्रन्ट, रियर र क्यामेरा मुड्युललाई सुरक्षित राख्दछ । यसको कार्यक्षमता न्यानो–लेबल होलोग्राफिक प्याट्रनले पूरक गर्दछ । यसले गतिशील डिजाइन प्रवाह सृजना गर्दछ ।

अक्टा कोर चिपसेट छ जीबी एलपीडीडीआर ४एक्स -याम र १२८ जीबी रोमसँग जोडिएको छ जसले स्मुथ र तीव्र प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । एमआई ए३ मा १८ वाट्ट फास्ट चार्जिङ र १० वाट्ट चार्जर बक्स रहेको छ । एमआई ए३ मा गुगलको आविष्कारलाई शाओमीको हाडवेयरसँग जडान गरिएको छ । यस स्मार्टफोनको मूल्य ४ जीबी प्लस ६४ जीबी भेरियन्ट २३ हजार नौ सय ९९ रुपैयाँमा र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट २७ हजार नौ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । सेप्टेम्बर ११ तारिकबाट डराज डट कम डट एनपी र सस्तोडिल डट कममा उपलब्ध हुने कम्पनीले जनाएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com