‘द ब्रिटिश कलेज’का तीन सय २९ जना विद्यार्थी दीक्षित

काठमाडौं, भदौ २५
‘द ब्रिटिश कलेज’ले आयोजना गरेकोपाँचौ दीक्षान्त समारोहमा ३२९ जना विद्यार्थीहरु दीक्षित भएका छन् । ५१ जना बिबिए (हन्स) बिजनेस एण्ड म्यानेजमेन्ट, ४८ जना एमएस्सी इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट (द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड, ब्रिस्टल), २ सय ३० जना बीएससी (हन्स) कम्प्युटिङका विद्यार्थी लिड्स बेक्केट युनिभर्सिटीबाट दीक्षित भएका हुन् । यो हालसम्मकै सबैभन्दा धेरै विद्यार्थीहरु दीक्षित भएको वर्ष रहेको र यसले कलेजको सफलताको पक्षलाई दर्शाएको कलेजका अपरेसन डाइरेक्टर महेन्द्रराज कँडेलले बताए ।

बौद्धस्थित हायत रिजेन्सीमा दीक्षान्त कार्यक्रममा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । दीक्षान्त कार्यक्रममा दीक्षित हुने विद्यार्थीहरु, एकेडेमिसियनहरु, विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सुरुवातमा ‘द ब्रिटिश कलेज’का प्रिन्सिपल जोए फोस्टर एलिसले सम्बोधन गरेका थिए । ‘द ब्रिटिश कलेज’का सीईओ तथा संस्थापक राजन कँडेलले नेपालको शैक्षिक क्षेत्रको विकासको लागि नेपालभरी गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेका बारेमा प्रष्ट पारेका थिए ।

साथै उनले भूतपूर्व विद्यार्थीहरुको लागि कलेजले सँधै सहयोग गर्ने वाचा गरेका थिए । उनले कलेजमा रहेको ‘अल्मुनाई’मा आबद्ध हुनको लागि समेत विद्यार्थीहरुलाई अनुरोध गरेका थिए । त्यस्तै,नेपालका लागि राजदुत रिचार्ड मोरिसले ब्रिटिश कलेजले नेपालमा नै अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त बेलायती विश्वविद्यालयहरुको सम्वन्धन लिएर नेपालमै विदशी डिग्री प्रदान गरेर उल्लेखनीय काम गरेको बताए । समारोहमा द एमस्सी इन्टरनेशन बिजनेस म्यानेजमेन्ट एण्ड बिबिए (हन्स) बिजनेस एण्डका विद्यार्थीलाई युनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारी डिन म्याक’डोउलले दीक्षित गरेका थिए । त्यस्तै, बीएससी (हन्स) कम्प्युटिङ) लाई लिड्स बेकेट यूनिभसिर्टीका उपकूलपति तथा प्रोफेसर एन्ड्र्यु स्लेड्सले दीक्षित गरेकी थिइन्।

द एमएससी इन्टरनेशन बिजनेस म्यानेजमेन्ट तर्फबाट दीक्षित भएकी कुसुमश्री निरौलाले द ब्रिटिश कलेजले दिएको अवसर र अनुभवलाई धन्यवाद दिइन् । प्रमुख अतिथि बेलायतका हाउस अफ लर्डका प्रतिनिधि एघारौँ अर्लअफ स्याण्डवीच जोन एडवर्ड हलिस्टर मोन्टागुले ब्रिटिश कलेजले भौतिक परिवर्तन भन्दा पनि दिमाग र हृदयमा हुने परिवर्तनलाई बुझेको बताए । उनले दीक्षित भएका विद्यार्थीहरु कमर्सियल भएर काम गर्नको लागि प्रेरणा समेत दिए । त्यस्तै, उनले कलेजले दिएको गुणस्तरीय शिक्षाको तारिफ गर्दै सीईओ कँडेल तथा कलेज परिवारलाई पनि बधाई समेत दिए ।

कार्यक्रमको अन्तमा द ब्रिटिश कलेज परिवारले दीक्षित भएका विद्यार्थीहरुलाई बधाई दिँदै सफल भविष्यको कामना गरेको थियो । कार्यक्रममा माइकल रटल्याण्ड ओबीई (भुटानका लागि ब्रिटिश अनरी काउन्सेल तथा द ब्रिटिश कलेजका सल्लाहाकार), द ब्रिटिश कलेजका सीईओ तथा संस्थापक राजन कँडेल, कलेजका अपरेशन डाइरेक्टर महेन्द्रराज कडेँल, पाउलक्लिभेस (इटोन कलेजका पूर्व भूगोल प्रमुखतथा द ब्रिटिश कलेजका सल्लाहाकार), डाक्टर चिरन थापा (मान्यता प्राप्त शिक्षाविद् तथा द ब्रिटिश कलेजका सल्लाहाकार), पूर्व शिक्षामन्त्री गंगालाल तुलाधर, एच. ही रिचार्ड मोरिस (नेपालका लागि बेलायती राजदूत), अनुबन्ध प्राप्त विश्वविद्यालयका प्रतिनिधिहरुमा लिड्स बेकेट युनिभसिर्टीका डेपुटी उपकूलपति तथा प्रोफेसर एन्ड्रीउ स्लेड्स, युनिभसिर्टी अफ वेष्ट इंग्ल्याण्डका कार्यकारीडिन रेमण्ड म्याक’डोउललगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com