विमान उत्पादन गर्न इजरायली र चिनियाँ फर्मबीच सहकार्य

गुइयाङ (चीन), भदौ २५
दुई इजरायली कम्पनीले दुईवटा चिनियाँ कम्पनीसँग विकास र अनुसन्धान तथा हवाइजहाज उत्पादनका लागि सहकार्य गर्ने भएका छन् । दुई देशका कम्पनीहरुले दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तमा विमान निर्माण तथा अनुसन्धान र विकासका लागि सहकार्य गर्ने सहमति गरेको सिन्ह्वाले जनाएको छ ।सोमबार गुइझोउको राजधानी गुइयाङमा गुइझोउ इजरायल इन्डष्ट्रियल कोअपरेसन कन्फरेन्सका क्रममा उक्त सहमति भएको हो । सहमतिअनुसार इजरायली साइन्स बेक कम्पनीले २८ लाख अमेरिकी डलर लगानी गर्नेछ । उक्त लगानीमा एउटा अनुसन्धान संस्था स्थापना हुने र त्यसको विकास गर्दै उच्चस्तरीय अनुसन्धान र विकास तथा स्वस्थ आहारबारे अनुसन्धान हुनेछ ।

त्यस्तै इजरायलकै एक्सटीआई एयरक्राफ्ट कम्पनी र गुइयाङ डिजिटल फाइनान्सियल इन्भेष्टमेन्ट मार्केट कम्पनीले संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा आधारित कम्पनीमार्फत सहजै अवतरण र उडान गर्नसक्ने हवाइजहाजको उत्पादन गर्नेछन् । त्यस्तै गुइझोउमा एसिया प्रशान्त क्षेत्रको लागि बजार, तालिम र मर्मत केन्द्र समेत स्थापना हुनेछ । पहिलो विमान उत्पादन सन् २०२१ मा हुने अनुमान गरिएको छ । यसअघि पनि उक्त प्रान्त र इजरायलबीच कृषि, उच्चस्तरीय प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा सहकार्य हुँदै आएको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘भ्रमण वर्ष २०२० बाट गुणात्मक पर्यटनमा जोड दिई पर्यटकको संख्यामा वृद्धि गर्न सक्छौं’

सरकारले २०७४ साउन २९ गते ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउने घोषणा गरेको थियो । भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष्य रहेको छ । सरकारले भ्रमण वर्षको सन २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य...

बच्चु श्रेष्ठ पर्यटन व्यवसायी तथा पर्यटन परामर्शदाता
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com