चिनियाँ केन्द्रीय बैंकद्वारा १ खर्ब २० अर्ब युआनको रिभर्स रिपो जारी

बेइजिङ, भदौ २५
चीनको केन्द्रीय बैंकले सोमबार बजारमा तरलता अभाव रोक्न १ खर्ब २० अर्ब चिनियाँ युआन वित्तीय प्रणालीमा पठाएको छ । बैंकले वक्तव्यमार्फत उक्त जानकारी दिएको सिन्ह्वाले जनाएको छ । पिपल्स बैंक अफ चाइनाले १ सय २० अर्ब युआन सात दिने रिभर्स रिपोमार्फत बजारमा परिचालन गरेको हो । यसको ब्याजदर २ दशमलव ५५ प्रतिशत रहेको छ । भर्खरै १ सय ७६ अर्ब युआनको रिभर्स रिपो परिपक्व भएको थियो । बैंकका अनुसार यसअघि जारी गरिएको रिभर्स रिपो परिपक्व भएसँगै बजारमा तरलता अभाव हुनसक्ने भएकाले त्यसलाई रोक्न नयाँ रिभर्स रिपो जारी गर्नुपरेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुबाट बोलकबोलका माध्यमले पछि पुनः बैंकहरुलाई नै बिक्री गर्ने गरी सेक्युरिटी पर्चेस गर्नुलाई रिभर्स रिपो भनिन्छ । चीनले वित्तीय बजारलाई न कडा न खुल्ला गर्ने मौद्रिक नीति अवलम्बन गर्दै आएको छ । चालू वर्षमा यही नीतिलाई निरन्तरता दिने केन्द्रीय बैंकले बताएको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com