ब्रेक्जिट चुनौतीले समस्यामा बेलायती अर्थतन्त्र

लण्डन, भदौ २५
बेलायतको बेरोजगारी दर ४५ वर्षयताकै न्यून अवस्थामा पुगेको सरकारी तथ्यांकले देखाएको छ । युरोपेली संघ (ईयू)बाट बेलायतको बहिर्गमन प्रक्रिया अनिश्चित बनेपछि बेलायती अर्थतन्त्र अझ गहिरो संकटतर्फ घचेटिने अवस्था आएको तथ्यांकले देखाएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ईयूसँग नयाँ सम्झौता गरेर वा सम्झौताहीन अवस्थामा भए पनि अक्टोबर ३१ मा ईयूबाट बेलायतको बहिर्गमन भएरै छाड्ने धारणापछि आएको आर्थिक अध्ययन प्रतिवेदनमा बेलायतको बेरोजगारी दर सन् १९७४ पछिकै कमजोर अवस्थामा पुगेको देखिएको हो । बेलायतको बेरोजगारी दर गत जुन महिनामा ३.९ रहेकोमा जुलाईमा आइपुग्दा ३.८ भएको छ ।

बेलायतको वार्षिक ज्यालादर भने सन् २००८ पछि पहिलोपटक बढेर चार प्रतिशत पुगेको छ । सतहमा हेर्दा तथ्यांक सकारात्मक देखिन्छ तर बेलायतको निम्न बेरोजगारी दरले यहाँको उत्पादकत्वलाई प्रोत्साहन गरेको पाइन्छ । धेरै कामदारहरू आंशिकरूपमा जागिर खान्छन् अथवा अनिश्चित करारमा काम गर्ने हुँदा यसले कामका लागि तोकिएको समयको प्रत्याभूत गर्न नसक्ने विश्लेषकहरू बताउँछन् । ‘ईयूबाट बाहिरिने भन्ने बेलायती राजनीतिक निर्णयका कारण रोजगारीका अवसर प्रशंसनीयरूपमा बढेका देख्न सकिन्छ तर अर्थतन्त्रको वृद्धि भने निष्प्रभावी बनेको देख्न सकिन्छ ।

जोन्सनको मध्यावधि निर्वाचन प्रस्ताव विफल :- यसैबीच, संसदको कार्यावधि बाँकी हुँदै मध्यावधि निर्वाचन गराउने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रस्तावलाई सांसदहरूले दोस्रो पटक विफल पारिदिएका छन् । प्रधानमन्त्री जोन्सनले ब्रेक्जिटको वर्तमान गतिरोध अन्त्यका लागि मध्यावधि निर्वाचन नै एकमात्र विकल्प रहेको भन्दै संसदमा मतदानका लागि प्रस्ताव गरेका थिए । सरकारले प्रस्तुत गरेको प्रस्तावको पक्षमा २९३ जना सांसदले मतदान गरेका थिए । हाउस अफ कमन्सका ६ सय ५० सदस्यमा उक्त प्रस्ताव पारित हुन कम्तीमा ४०० सांसदले पक्षमा मतदान गर्नु आवश्यक रहेको थियो ।

संसद् निलम्बन गर्नुअघि संसदमा भएको बहसमा बिना कुनै सहमति युरोपेली संघबाट बाहिरिने बेलायतको योजनालाई रोक्ने कानुनी प्रावधानलाई सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने माग विपक्षी दलका सांसदले गरेका थिए । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अक्टोबर ३१ तारिखमा युरोपेली संघबाट बिना सम्झौता बाहिरिने शर्त राखेका थिए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com