मन्दीमा फस्यो भारतीय अटो बजार

अर्थमन्त्री भन्छिन्, ‘ओला र उबेर यसका जिम्मेवार’

नयाँ दिल्ली, भदौ २५
भारतीय अटोबजार मन्दीमा फसेको छ । केही कम्पनीले त पछिल्लो समय निश्चित अवधिका लागि उत्पादन नै रोकेका छन् । जसले गर्दा यस क्षेत्रका धेरै कर्मचारीको जागिर धरापमा परेको छ । यसैबीच, अर्थमन्त्री निर्मला सीतारमणले भने अटो क्षेत्रमा आएको समस्याको उपज मानिसहरुको सोचाइ रहेको बताएकी छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार अर्थमन्त्री निर्मलाले बीएस६ मोडललाई समेत जिम्मेवार ठह-याएकी छिन् । उनले धेरै कारण रहे पनि बीएस ६ मुभमेन्ट, रेजिष्ट्रेसन शुल्कसँग सम्बन्धित कुराहरु र मानिसहरुको सोचाइ मुख्य रहेको बताइन् ।

ईएमआईभन्दा ओला र उबेरको लोकप्रियता :- अर्थमन्त्री निर्मलाका अनुसार पछिल्लो समय गाडी किनेर इक्वेटेट मन्थ्ली इन्स्टलमेन्ट (ईएमआई अर्थात् महिनाबारी किस्ताको साटो उपभोक्ताले पछिल्लो समय लोकप्रियता कमाइरहेका ओला र उबेर ट्याक्सी सेवा रुचाउन थाल्नु मुख्य कारण हो । उनले पनि अटो क्षेत्रमा देखिएको समस्या गम्भीर रहेको स्वीकार्दै त्यसको समाधान गर्न आवश्यक रहेको बताइन् ।

अर्थमन्त्री निर्मलाले मोदी सरकारको एक सय दिन पुगेको अवसरमा उक्त कुरा बताएको नवभारत टाइम्सले जनाएको छ । त्यस्तै अर्थमन्त्री निर्मलाले सबै क्षेत्रको समस्यामा सरकार गम्भीर रहेको समेत बताएकी थिइन् । यसको समाधानका लागि आवश्यक कदम चाल्ने उनको भनाइ छ । समस्या समाधानको लागि गत अगष्ट र सेप्टेम्बरमा महत्वपूर्ण घोषणा गरेको बताउँदै उनले आवश्यकताअनुसार कदम चाल्ने उल्लेख गरिन् ।

सरकारी नीति पनि दोषी : मारुती प्रमुख :- यसैबीच, मारुती सुजुकीका प्रमुख आरसी भार्गवले भने ओला र उबेरको कारण मात्रै अटो क्षेत्रमा मन्दी नआएको बताएका छन् । यसमा सरकारले अवलम्बन गरेको नीति पनि उत्तिकै दोषी रहेको आरोप लगाएका छन् । पेट्रोल र डिजेलमा बढ्दो कर, सडक दस्तुरमा वृद्धि जस्ता कारण उपभोक्ताले कार किन्न हिच्किचाएको उनको भनाइ छ । भारतीय अटो क्षेत्रले जीएसटी कर कटौतीको माग गरिरहेको छ । यद्यपि त्यसले यसमा केही सहयोग नपुग्ने भारतीय मिडियाहरुले बताएका छन् ।

मारुती प्रमुखका अनुसार कारमा एयरब्याग र एबीएस जस्ता सुरक्षासँग सम्बन्धित फिचर जडान गर्दा कारको मूल्य बढेको र उपभोक्ताले कार किन्न मन नगरेका हुन् । भार्गवले ओला र उबेरजस्ता ट्याक्सी सेवाले भन्दा पनि सरकारले सुरक्षा फिचर जडानमा तदारुकता देखाएको, ग्यास उत्सर्जनमा कडाइ गरेको, बीमा रकम वृद्धि गरेको, अतिरिक्त सडक दस्तुर लगाएको जस्ता सरकारी नीतिले अटो क्षेत्रमा सुस्तता आएको बताए । भारतमा लगातार १० महिनासम्म कार बिक्रीमा कमी आएको छ । अधिकांश कार उत्पादनकर्ताले ल्याएका धेरै मूल्य पर्ने कारको बिक्री पनि ह्वात्तै घटिरहेको छ ।


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

पहिलो प्राथमिकता सडक नै हो

जिल्लाको विकट मानिने भोटेकोशी गाउँपालिका वडा नं. १ लिस्तीका अध्यक्ष हुन् मुके शेर्पा । विकासप्रेमी नेताको रुपमा जिल्लामा छवि बनाएका शेर्पाले आफ्नो वडालाई समृद्ध बनाउन विभिन्न उदाहरणीय कामहरु गरेका छन्...

मुके शेर्पा, अध्यक्ष भोटेकोशी गाउँपालिका–१ लिस्ती, सिन्धुपाल्चोक
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com