गुगलविरुद्ध अमेरिकामा ४८ राज्यले थाले अनुसन्धान

सन फ्रान्सिस्को, भदौ २५
अमेरिकी खोजीकर्ता इन्टरनेट कम्पनी गुगल एलएलसीविरुद्ध ५० भन्दा बढी महान्यायाधिवक्ताले अनुसन्धान गरिरहेको खुलासा भएको छ । टेक्सासका महान्यायाधिवक्ता केन प्याक्स्टोनको कार्यालयले सोमबार गुगलविरुद्ध ५० बढी महान्यायाधिवक्ताको कार्यालयले अनुसन्धान गरिरहेको खुलाएको हो । गुगलविरुद्ध खासगरी कम्पनीको प्रतिस्पर्धाविरोधी अभ्यासबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानको मुख्य ध्यान गुगलको विज्ञापन र खोजी व्यवसायसँग सम्बन्धित रहेको छ । प्याक्स्टोनले गुगलले इन्टरनेटमा विज्ञापन र खोजीमा अनधिकृत रुपमा आधिपत्य जमाएकोले अनुसन्धान सुरु भएको ट्विटरमार्फत जानकारी दिए ।

‘यो अनुसन्धान केवल मुद्दा दर्ताको लागि नभई तथ्यसँग सम्बन्धित रहेको छ’, प्याक्स्टोनले पत्रकार सम्मेलनमा भने, ‘यसले धेरै विषयवस्तुमा अनुसन्धान गर्नेछ ।’ तथ्यले नै तथ्यहरुको खोजी गर्ने उनले बताए । अमेरिकी चर्चित पत्रिका द वासिङटन पोष्टले गुगलले इन्टरनेट विज्ञापनबाट मात्रै ४८ अर्ब अमेरिकी डलर आम्दानी अमेरिकी बजारबाट गरिरहेको रिपोर्ट सार्वजनिक गरेको थियो । अमेरिकी खोजी विज्ञापनमा गुगलले ७५ प्रतिशत हिस्सामा कब्जा जमाएको उक्त रिपोर्टमा रहेको सिन्ह्वाले जनाएको छ ।

४८ वटा अमेरिकी राज्यका महान्यायाधिवक्ताहरुले अनुसन्धान सुरु गरेका हुन् । तिनमा कोलुम्बिया, पियोर्टो रिकोबाहेक सबै राज्यका महान्यायाधिवक्ताले अनुसन्धान थालेका छन् । पछिल्लो समय प्रतिस्पर्धाको सिद्धान्तविपरीत गुगलले इन्टरनेट बजार कब्जा गरेको आरोप लाग्दै आएको छ । सोही कारण गुगल ठूलो कम्पनी बनेको र अन्य कम्पनीहरु माथि उठ्न नसकेको पनि आरोप लाग्ने गरेको छ । प्रतिस्पर्धासँग सम्बन्धित मुद्दामा युरोपेली संघले यसअघि नै ९ अर्ब अमेरिकी डलर जरिवाना गुगललाई गराइसकेको छ । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

‘दृढ संकल्पको साथै इच्छाशक्तिको पनि उत्तिकै आवश्यकता छ’

२०४९ सालदेखि निजामती सेवामा प्रवेश गरेका रोमनाथ न्यौपाने हाल शुद्धोधन गाउँपालिका रूपन्देहीमा प्रमुख प्रशासकीय अधिकृत छन् । पिछडिएको...

रोमनाथ न्यौपाने प्रमुख प्रशासकीय अधिकृत, शुद्धोधन गाउँपालिका, रूपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com