कैदीबन्दीका उत्पादनको माग उच्च

काठमाण्डौँ,भदौ २९

उद्योग विभागले केन्द्रीय कारागारमा रहेका कैदीबन्दीले उत्पादन गरेका सुतीका कपडा प्रदर्शन तथा बिक्री कक्ष सञ्चालनमा ल्याउने भएको छ । विभागले यस महिनाको अन्त्यदेखि कैदीबन्दीद्वारा उत्पादित सुतीका कपडा प्रदर्शन तथा बिक्री कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । केन्द्रीय कारगारमा रहेका कैदीबन्दीद्वारा उत्पादित कपडाहरु उक्त कक्षमा प्रदर्शन तथा बिक्रीका लागि राखिने विभागका निर्देशक प्रेम प्रसाद लुइँटेलले बताए । कारागारमा रहेका कैदीबन्दीहरुले सुतीका कपडाका विभिन्न वस्तुहरु रुमाल, खोल, तन्ना, पटुकीलगायतका सामग्री उत्पादन गर्छन् ।

मन्त्रालयले कक्ष सञ्चालन गर्ने भनी गत आर्थिक वर्ष २०७५÷०७६ मा कार्यक्रम स्वीकृत गरेको निर्देशक लुइँटेलले भने, ‘कारागारमा कक्ष सञ्चालन गर्ने भनिए पनि जग्गा उपलब्ध नहुनको साथै सर्वसाधारणको पहुँच समेत नहुने हुँदा विभागमा कक्ष राखिएको हो । कक्षमा हुने सम्पूर्ण सामग्रीमा अनिवार्य रुपमा मूल्यसूची समेत राखिने तथा बाहिरभन्दा सस्तो र गुणस्तरीय सामग्री हुने विभागले जनाएको छ ।विभागको हाल भइरहेको पुरानो भवनको अगाडि भागमा बिक्री कक्ष राखिने निर्देशक लुइँटेलले बताए । विभागको अघिल्लो भागमा बिक्री कक्ष राखिने भन्दै उनले त्यसको निर्माण सम्पन्न समेत गरेको बताए । करिब दुई महिनाको समयअवधिमा सो कक्ष निर्माण सम्पन्न गरेको विभागले जनाएको छ ।

‘बन्दीहरुद्वारा उत्पादित कपडाको बजारमा माग बढ्दो छ’, उनले भने, ‘त्यसैले उपभोक्तासम्म सहज रुपमा पु¥याउन विभागपरिसरमै प्रदर्शन तथा बिक्री कक्ष निर्माण गरिएको हो ।’ यसअघि बन्दीद्वारा उत्पादित वस्तुहरु सीमित व्यवसायीहरुले ल्याई बजारमा बिक्रीवितरण गर्ने गरेको विभागले जनाएको छ । ‘कारागारभित्र कपडा खरिदको लागि साधारण मानिसहरु नजाने हुँदा त्यसको फाइदा सीमित व्यक्तिहरुले लिने गरेका थिए’, उनले भने, ‘आम उपभोक्तालाई कैदीबन्दीहरुले गुणस्तरीय सामग्री उत्पादन गर्छन् भन्ने पनि थाहा छैन । बिक्री कक्ष स्थापना भएपछि यी समस्याहरु समाधान हुन्छन् ।’ बिक्री कक्ष स्थापनापछि कैदीबन्दी तथा उपभोक्तालाई समेत राहत मिल्ने विभागको भनाइ छ । कक्ष सञ्चालनको लागि भाडा तथा थप कर्मचारीको आवश्यकता नपर्ने हुँदा सहुलियत मूल्यमा कपडा बिक्री गर्न सकिने विभागले जनाएको छ । उनीहरुबाट उत्पादित सामग्रीको बिक्री वितरणबाट उनीहरुलाई ज्याला दिने, बिजुलीको बिल तिर्ने, मेसिन किन्न तथा मर्मत गर्नेलगायतका कामहरु गरिने केन्द्रीय कारागारमा दरबन्दी भएका विभागका कर्मचारी रामहरि ढुंगेलले बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बन्दीहरुको लागि सीप तालिम सञ्चालन गर्न र उनीहरुबाट उत्पादित सामग्रीको व्यवस्थापन गर्न आठ जनाको दरबन्दी समेत खडा गर्दै आएको छ ।

पञ्चयात कालदेखि अहिलेसम्म निरन्तरता कैदीबन्दीलाई सीप सिकाउने र सो सीपबाट सामग्री उत्पादन गर्ने परम्परा मुलुकमा अहिलेको नभई विगत करिब ६० वर्षदेखि चल्दै आएको विभागका कर्मचारी बताँउछन् ।‘कारागार एक प्रकारको सुधार गृह पनि हो’, निर्देशक लुइँटेलले आर्थिक दैनिकसँग भने, ‘त्यसैले गर्दा त्यहाँ बसुन्जेल केही काम गरुन् भनेर मन्त्रालयले धागो बुन्ने तथा त्यसबाट कपडा निर्माण गर्न सीप उनीहरुलाई दिने गरेको हो ।’ कैदीबन्दीले कारागारमा बस्दा सीपसँगै केही रकम समेत घरमा लिएर जान सकून् भन्ने उद्देश्यका साथ यो कार्यक्रम विगतदेखि सञ्चालन हुँदै आएको विभागको भनाइ छ ।

उद्योग मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा यो कार्यक्रमा विगत लामो समयदेखि निरन्तर सञ्चालन हुँदै आएको छ । नेपालको सन्दर्भमा २०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री हुँदा कैदीबन्दीलाई तालिम दिने गरेको पाइन्छ ।सोही कुरालाई हिजोदेखि आजको सरकारले समेत आत्मसात् गर्दै आजका दिनमा पनि उनीहरुलाई सीपमूलक तालिम प्रदान गरी सामान उत्पादनमा जोड दिइएको ढुंगेलले बताए । कोइरालाको समयमा सुरु गरिएको कैदीबन्दीलाई तालिम दिने र सामग्री उत्पादन गर्ने काम वर्तमान समयसम्म निरन्तर रुपमा भइरहेको छ । ढुंगेलले भने, ‘यो कार्यक्रम हिजोका दिनमा बन्द भयो÷भएन थाहा छैन तर कोइरालाको समयदेखि हालसम्म भइरहेको छ ।’
सो कार्यक्रमका लागि उद्योग मन्त्रालयले पुँजी परिचालन कोष निर्माण गरेको छ । कोषले कैदीबन्दीलाई तालिम दिनको लागि आर्थिक सहयोग प्रदान गर्छ । तालिम दिने हकमा निश्चित मापदण्ड समेत निर्माण गरिएको ढुंगेलले जानकारी दिए ।

उनका अनुसार कारागारमा रहेका सबै जनाले भने तालिममा सहभागी हुन पाउँदैनन् । दश वर्षभन्दा बढी अवधि कैदी जीवन बिताउनुपर्ने तथा वृद्ध÷वृद्धा वा अशक्तलाई तालिम नदिने उल्लेख गर्दै उनले भने, ‘वृद्ध÷वृद्धा वा अशक्तले सीपमूलक तालिम लिएर काम गर्न नसक्लान् भनेर नदिएको हो ।’ तालिम दिनका लागि बन्दीहरुको छनोट गर्ने काम भने उद्योग मन्त्रालयअन्तर्गत नभई प्रहरीले गर्दै आएको छ । ढुंगेलले भने, ‘तालिम दिने कैदीको छनौट प्रहरीले गर्छ, सीप सिकाउने काम हामी गर्छौँ ।’
विभागले एक पटकमा ३५ जनालाई तालिम दिने गरेको छ । उनले भने, ‘छ÷छ महिनामा तालिम दिन्छौँ, पहिलो लटमा ३० जनालाई र बाँकी १५ जनालाई अर्को चरणमा तालिम दिने गरेका छौं ।’

कैदीबन्दीहरु शून्यतामा नबस्नु भन्ने हिसाबले समेत मन्त्रालयले सो कामलाई निरन्तरता दिएको विभागले जनाएको छ । गत आवमा २०७४÷०७५ मा कैदीबन्दीले उत्पादन गरेका सुतीको कपडाबाट ७६ लाख आम्दानी भएको ढुंगेलले बताए । विभागले गत आवमा ६० लाखको लक्ष्य राखेको थियो तर लक्ष्यभन्दा बढी ७६ लाखको सामग्री बिक्री भएको हो । उनले गत आवमा ७० हजार मिटर टन कपडा उत्पादन गर्ने लक्ष्य राखेकोमा भने ७० हजार टन कपडा नै उत्पादन भएको बताए । 


प्रतिक्रिया पठाउनुहोस्

Massage sent -  awaiting for approval

   
सहकारी–कृषि
कर्पोरेट
अन्तर्वार्ता

अर्थतन्त्रको महत्वपूर्ण वित्तीय संस्था बन्न चाहन्छौें

२०३० साल मंसिर महिनामा अर्घाखाँची जिल्लामा जन्मिएका प्रकाश पौडेल वित्तीय क्षेत्रको प्रशंसनीय नाम हो । व्यवस्थापन संकायमा लुम्विनी वाणिज्य क्याम्पसबाट स्नाकोत्तर गरेका पौडेल २०५२ साल पश्चिमाञ्चल फाइनान्स कम्पनी लि. मा...

प्रकाश पौडेल प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लि., बुटवल, रुपन्देही
कार्टून
cartoon

भिडियो
cyberlink adds

हाम्रो बारेमा

आर्थिक दैनिक चाहना पब्लिकेसन प्रा.लि.द्वारा प्रकाशित पूर्ण आर्थिक दैनिक पत्रिका हो ।

सम्पर्क

Chahana Publication (Pvt.) Ltd. , Aarthik National Daily (Aarthik Rastriye Dainik)

Setodewal Marg, Kupondole, Lalitpur

Tel : +977-1-5554236

Fax : +977-1-5523181

Email : aarthik.dainik@gmail.com

Marketing Email : marketing.arthikdainik@gmail.com